अक्सिजन सिलिण्डर लिन शनिबार ओमान जादैँ निगम

  २०७८ वैशाख ३० गते १०:४३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अक्सिजन सिलिण्डर लिन ओमान जाने भएको छ ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप नेपाललाई दिने ६ सय थान अक्सिजन सिलिण्डर लिन निगमको जहाज ओमान जाने भएको हो ।

उक्त सहयोग स्वरुपका अक्सिजन सिलिण्डर लिन शनिबार ओमानको राजधानी मस्कट जाने तयारी भएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

उनका अनुसार निगमको जहाज ओमनबाट फर्केर शनिबार साझ नै बेईजिङ जाने तयारी भएको छ । चीनमा संकलन भएको ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिण्डर र अन्य चिकित्सा सामग्री ल्याउने तयारी भएको छ ।

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।
पौडेलले बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.