अधिकांश वस्तुको मूल्य बढेपनि राष्ट्र बैंकको तथ्यांकमा देखिएन, मूल्यवृद्धि ३.१० प्रतिशतमै सीमित

  २०७८ वैशाख २९ गते १६:२४     विकासन्युज

काठमाडौं । अहिले अधिकांश वस्तुको मूल्यवृद्धि भएपनि राष्ट्र बैंकको तथ्यांकमा भने मूल्यवृद्धि नभएको देखिएको छ । निषेधाज्ञा हुनुभ अगाडि अर्थात चैतको महिनादेखि अधिकांश वस्तुको मूल्य महँगिए पनि राष्ट्र बैंकको तथ्यांकमा भने सो मूल्यवृद्धि देखिएको छैन ।

२०७७ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ३.१० प्रतिशत रहेको छ । राष्ट्र बैंक्ले सार्वजनिक गरेकको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय स्थितीको तथ्यांकमा सो मूल्यवृद्धि देखिएको हो । निर्माण व्यवसायहरु लामो समयदेखि राष्ट्र बैंकले निर्माण सामग्रीको मूल्य बढेपनि यकिन तथ्यांक् राख्ने नगरेको आरोप लगाउँदै आएका छन् । निर्माण सामग्रीहरुसँगै अन्य धेरै खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । अहिले खानेतेलको मूल्य अत्याधिक बढेको छ ।

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ ।

२०७६ चैतको तुलनामा २०७७ चैतमा घ्यू तथा तेल, मासु तथा माछा, सुर्तिजन्य पदार्थ र गैर–मदिराजन्य पेय पदार्थ उपसमुहको मुल्यवृद्धि क्रमशः २१.३८ प्रतिशत, १२.६१ प्रतिशत, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ चैतमा यी क्षेत्रहरुमा क्रमशः ७.१९ प्रतिशत, ७.०४ प्रतिशत, ५.८४ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.