बुधबार चार वायुसेवा कम्पनीले गर्दैछन् दश अन्तर्राष्ट्रिय उडान

  २०७८ वैशाख २९ गते १२:१८     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नियमित रुपमा हुदैँ आएका अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर तथा कार्गाे उडान हुँदै आएका छन् ।

चार्टर र कार्गाे उडान स्वरुप बुधबार चार वटा वायुसेवा कम्पनीले १० वटा अन्तर्राष्ट्रिय उडान गर्दैछन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार चार वटा कार्गाे, एक/एक ट्रेनिङ उडान र एयर बबल अन्तरगत भारतको नयाँदिल्ली उडान रहेका छन् ।

जसमा एयर चाइनाको छेङदु–काठमाडौं कार्गाे उडान बिहान ८ः३० बज अवतरण भइसकेको छ । उक्त कार्गाे उडान साँझ ६ः३५ बजे छेङदुका लागि उडान भर्नेछ ।

यस्तैगरी, सिचुआन एयरलाइन्सको कार्गाे उडान बिहान १०ः३५ विमानस्थलमा अवतरण भएको छ । उक्त उडान साँझ ७ः१५ बजे छेङदुका लागि उडान भर्नेछ ।

हिमालय एयरलाइन्सको ट्रेनिङ उडान बिहान ११ बजे र ११ः५ बजे एयर बबल अन्तरगत भारतको नयाँ दिल्लीमा नेपाल वायुसेवा निगमले उडान गरिसकेका छन् । निगमको उक्र उडान दिउँसो ३ः१५ मा काठमाडौँ फिर्ता हुनेछ ।

यसअघि मंगलबार पाँच वटा वायुसेवा कम्पनीले ९ वटा उडान भएका थिए । जसमा तीनवटा कार्गो, दुईवटा चार्टर र एउटा एयर एम्बुलेन्स उडान भएका थिए ।

सरकारले कोरोना संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै गत बैशाख २३ गते मध्येरातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उक्त उडान आगामी जेठ १७ गतेसम्मका लागि बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.