नेपाल आइपुग्यो चीनले दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर

  २०७८ वैशाख २८ गते १६:२४     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको जहाज मार्फत उक्त स्वास्थ्य सामग्री मंगलबार अपराह्न ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

उक्त सामग्री लिन सोमवार राती नेपाल एअरलाइन्सको वाइडबडी जहाज बेइजिङ गएको थियो । जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

विमानस्थलमा नै चीन सरकारले उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

चीनले दिने २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइएको हो । बीस हजार सिलिन्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.