नेपाल एयरलाइन्सको जहाज अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन चीन जादै

  २०७८ वैशाख २७ गते ११:३३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज स्वास्थ्य सामग्री लिन चीन जाने भएको छ ।

चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्न लागेको ४०० थान अक्सिजन सिलिन्डर र २० वटा भेन्टिलेटर लिन वाइडबडी सोमबार साँझ बेइजिङ जान लागेको हो ।

आज बेलुका ५ः३० बजे निगमको एयरबस ३३० (वाइडबडी जहाज) जहाज चीनको बेइजिङ जानेछ । चीन सरकारले सहयोग स्वरुप दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेर लिएर मगंलबार काठमाडौं आइपुग्नेछ ।

उक्त कार्गो उडानमा निगमका १० जनाभन्दा बढी चालक दलका सदस्य रहेनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा बेइजिङमा कार्गो उडानको तयारी भएको हो ।

यसअघिको बन्दाबन्दीमा निगमको जहाजले चीन लगायतका देशबाट कार्गो उडान मार्फत स्वास्थ्य सामग्री ल्याईसकेको छ । निगमले कार्गो उडानका लागि आवश्यक जहाज नहुँदा वाइडबडी जहाजलाई नै कार्गो उडान बनाईदै आएको छ ।

यसअघि ओम्नी ग्रुपको स्वास्थ्य सामग्री ल्याएको निगमले अझै उडान भाडा पाएको छैन । अहिले स्वास्थ्य मन्त्रालयको आग्रहमा उडान गर्न लागिएको भन्दै उडान भाडा सरकारले व्यर्होने निगमको कर्पोरेशन विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.