संसार बेचैनीमा रहेको बेला वर्क फ्रम होम भनेर कसरी चैनमा बस्न सक्यौ बैंकर मित्र ?

  २०७८ वैशाख २५ गते १२:५९     सुशिल घिमिरे ‘त्रैलोक्य’

कोरोनाको कहरमा सबैतिर निषेधाज्ञा छ । यो बेला भौतिक रुपमा आफन्तजन तथा साथीभाइसँग भेट्नु भनेको निशेघाज्ञा उल्लंघन गर्नु हो । र, जानीजानी अर्कालाई कोरोना सार्न खोज्नु पनि हो ।

कोरोनाले मान्छेलाई सताउन थालेदेखि देश विस्तारै भर्चुअल बन्दैछ । मान्छेको दिनचर्या टेलिफोन, मोवाइल र इन्टरनेटबिना असम्भव झैं लाग्न थालेको छ । वास्तवमै भौतिक दुरी घट्दै गएको नै छ ।

आज बिहान एकजना बैंकर साथीसँग फोनबाटै कुरा गरेको थिएँ । शायद मैले चिनेजानेकामध्ये ऊ पहिलो मान्छे हो, जसले यत्रो कोरोना महामारीले सबैलाई इन्तु न चिन्तु बनाएको अवस्थामा पनि खुसी हुँदै आफ्नो हालखबर सुनाउँदै थियो ।

‘म त वर्क फ्रम होम गर्दैछु है, मज्जाले परिवारसँग रमाइरा’ख्या छु । मिठोमिठो खायो, टिभी हेर्यो, एकछिन अल्छि लाग्या वेला तास पनि खेल्यो… क्या मज्जा । बुझेऊँ– यो कोरोना त नहटे पनि हुने नि ! अफिस जानै पर्दैनथ्यो ।’

ऊ आफ्ना कुरा रमाई रमाई सुनाइरहेको थियो । म भने उसको कुरा सुनेर त्यसै ट्वाँ परेँ ।

बैंकर साथीमा वर्क फ्रम होमका कारण छाएको खुसी देखेर मलाई झट्ट एकजना स्वास्थ्यकर्मी साथीको अवस्था चैं के होला भन्ने लाग्यो । अनि त्यो साथीलाई फोन लगाएँ ।

‘के गर्नु, कोरोनाले सखाप बनायो, रातदिन नभनी चौबिसै घण्टा सेवा दिइरहेका छौं । जति गरेपनि मानिस मर्न छाडेका छैनन् । असाध्यै दिक्क लाग्दो अवस्था छ यार ।’

मैले हालखबर सोध्न नपाउँदै उसले न्याउरो बोलीमा सुनायो ।

सोेधें– तिमीलाई डर लाग्दैन ?

‘अति आवश्यकीय क्षेत्रको काम र जिम्मेवारी रोजेपछि आफ्नोभन्दा बढि समाजको बारेमा सोच्नुपर्ने रहेछ । डरभन्दा जिम्मेवारी ठूलो हुँदोरहेछ । यस्तो बेला हामीले डराएर मैदान छोड्यौं भने जनताको के हुन्छ नि ? जसरी देशका लागि विदेशी सत्रुसँग लडेका बेला सेनाले आफ्नो वारेमा सोचेर बस्दैन, ठिक त्यसैगरी हामीले पनि यो महामारीमा आफ्नो बारेमा पटक्कै सोच्नु हुँदैन ।’

ऊ यस्तै यस्तै सुनाउन लाग्यो । उसको कुरा सुनेर खुसी भएँ । अझ भनौं, गर्व महसुस भयो । उसको कुरा सुन्दै थिएँ, अलि पछि थाहा भयो, मेरो आँखा रसाउन थालिसकेका रहेछन् । त्यो साथीसँग धेरै कुरा हुन पाएन । सायद ऊ व्यस्त थियो । म पनि ऊसँग थप कुरा गर्ने हालतमा रहिनँ ।

फोन राखेँ । दिमाग रन्थन्निरहेको थियो । मथिंगलमा यी दुबै पात्र घुमिरहेका थिए । एउटा साथी जो आफ्नो खुसी सर्वस्व ठान्छ । र, अर्काे साथी आफू र आफ्नो परिवारभन्दा पनि समाज र देशको बारेमा संवेदनशील भएर दिनरात खटिरहेको छ । वा भनौं, मान्छेका लागि ऊ जीवन अर्पण गर्न तयार देखिन्छ ।

दिमागको पाटनमा पहिलो साथी डुलिरह्यो । बैंकिङ क्षेत्रलाई राज्यले त्यसै अत्यावश्यक सेवा अन्तरगत राखेको होइन । बैंक भनेको जनताको अर्बौंको सम्पत्ती सुरक्षा गर्ने स्थान हो, जहाँबाट जनताले आफूलाई चाहिएका वेला त्यो सम्पत्ति निकालेर लैजान पाउँछन् । आफूले कमाएको सम्पत्ती खर्च गर्ने भनेको आपत विपत र चाहिएको बेलामा न हो । नचाहिएको बेलामा त कसले पो पैसा झिक्छ र ! पैसा जोगाउने मन सबैलाई हुन्छ नि ।

कुरा खेलिरहे मनमा– यो महामारीको बेलामा को कतिबेला विरामी पर्छ भन्ने ठेगान हुन्न । जतिबेला पनि पैसा चाहिन सक्छ । आफूले दुःख गरेर कमाएको पैसा राखेको हुन्छ बैंकमा । त्यही आफ्नो कमाई पनि दुःखको बेला या भनौं आफू वा आफन्त बचाउने काममा चलाउन पाइएन भने त्यो पैसाको के काम ? यो बेला बैंक बन्द गर्ने नै होइन । बरु चौबिसै घण्टा खुल्ला राख्नुपर्छ ।

बैंकर साथी भर्चुअल बैंकिङको पाठ सुनाउँदै थियो । डिजिटल बैंकिङ, क्यासलेस बैंकिङ अनि इन्टरनेट बैंकिङदेखि क्युआर पेमेन्ट जस्ता अत्याधुनिक बैंकिङ सेवाबारे मलाई बताइरहेको थियो ।

हुन त त्यो साथीले भनेका कुरा पनि सही हुन् । तर, आफूले जम्मा गरेको रकम नगदै झिक्छु भनेर कुनै बचतकर्ताले खोज्यो भने त्यो त उसको अधिकार नै हो । फेरिसबैले मोवाइल वैंकिङ चलाउँछन् नै भन्ने पनि छैन । हाम्रो देशमा इन्टरनेट बैंकिङ र एटिम चलाउन नजान्नेको संख्या ठूलो छ । क्युआर पेमेन्टको पूर्वाधार, प्रविधि र बानी सबै नेपाली समक्ष पुगिसकेको पनि छैन ।

त्यतिमात्र कहाँ हो र ! अबको २ महिनामा आर्थिक वर्ष पनि समाप्त हुँदैछ । यो वर्ष गाउँघरमा बाटोघाटो, पुलपुलेसा बनाउनेदेखि शहरमा चिल्ला र फराकिला सडक बनाउने भनेर छुट्टयाइएको विकास बजेट अहिलेसम्म आधा पनि खर्च भएको छैन । अस्पताल, विद्यालय बनाउने भनिएको पनि त्यही विकास बजेट नै त हो । त्यो पैसा सबै खर्च गरेपछि न हामीले राम्रो सडकमा हिड्न पाउने हो । तुन्द्रुंग झुण्डिदै तुइन तर्नुपर्ने वा हल्र्याङ–हल्र्याङ हल्लिने झोलुंगे पुल विस्थापित गरी पक्की पुल बनाउने भनेर सरकारले राखेको विकास बजेट खर्च हुने अबको यही २ महिनामा हो । यस्तो अवस्थामा बैंक वन्द हुँदा र निश्चित समयमा मात्र सेवा दिँदा विकासका कामहरु ठप्प नै हुँदैनन् र ? के यसले देश विकासमा दुरगामी असर पर्दैन र ? अनि त्यसैगरी अर्थतन्त्रमा चैं धक्का लाग्दैन र ?

मनमा कुरा खेल्न रोकिएन । यस्तै झट्ट बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको याद आयो ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि यस्तो विपतको घडिमा चौविसै घण्टा वैंकिङ सेवा दिने वारेमा सोच्न जरुरी छ । सर्वसाधारणलाई बैंकसम्म आउन नलगाई बरु टोलटोलमै पुगेर कसरी सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन ढिला भइसकेको छ । त्यति मात्र होइन, घुम्ति सेवाको अवधारणालाई कसरी विकास गर्ने, घुम्ति काउन्टर र घुम्ति एटिम सेवा कसरी प्रवाह गर्ने भन्ने वारेमा पनि सोच्नुपर्ने भइसकेको छ । यो आलोपालो बैंक खोल्ने वा एक तिहाई कर्मचारीबाट मात्र वैंक चलाउने भन्ने कुरा आफैंमा हास्यास्पद कुरा हो जस्तो लाग्छ । नत्र त यस्तो प्रथाको विकास गरी राष्ट्र बैंकले आफ्नो जिम्मेवारीबाट पन्छिन चाहिँ मिल्दै मिल्दैन ।

मनले फेरि अर्काे कोणबाट सोच्यो । बैंकर भएपनि ऊ त मेरो साथी हो नि ! उसको र परिवारको सुरक्षाबारे म कति निष्ठुर भएछु । म कति प्राविधिक जस्तो बनेछु । त्यो साथीप्रति फेरि भाबुक बनेँ ।

अर्काे मनले भन्यो– कुरो त्यस्तो होइन । ऊ बैंकमा काम गर्ने कर्मचारी हो । स्वास्थ्यकर्मी पनि त साथी नै हो । ऊ एक दिन अस्पताल गएन भने के हुन्छ ? उसले विरामीलाई हेरचाह गरेन भने के हुन्छ ? आङ सिरिङ्ग भयो । रौं ठाडा भए । अहँ, हुँदैन । आफ्नो जिम्मेवारी र कामको प्रकृति अनुसार सबैले जिम्मेवारी निभाउनु पर्छ ।

अलि आवेशमा आएछु क्यारे । फेरि फोन गरेर सोध्न मन लाग्यो– संसार बेचैनीमा रहेको बेला वर्क फ्रम होम भनेर कसरी चैनमा बस्न सक्यौ बैंकर मित्र ? हुँदैन, त्यस्तो नगरौं भन्ने लाग्यो फेरि ।

अब आयो बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरुको कुरा । अत्यावश्यक सेवा भनेको के हो र म कस्तो सेवामा काम गर्छु भन्ने वारेमा कर्मचारीहरुले पनि राम्रोसँग बुझ्न जरुरी छ । अत्यावश्यक क्षेत्रमा नोकरी गर्नका लागि मरिहत्ते गर्ने, अनि जिम्मेवारी वहन गर्ने बेलामा आफ्नो खुसीलाई प्राथमिकतामा राख्न खोज्ने कार्य कति न्यायोचित हो ? राज्यका अरु अत्यावश्यक क्षेत्रहरु स्वास्थ्य, प्रहरी, सेना लगायतबाट आवश्यक परेको बेला कसरी भूमिका निभाउन अग्रसर हुनुपर्छ भनेर सिक्न जरुरी छ ।

बैंक र बैंक व्यवस्थापकहरुले पनि अब आफ्ना सम्पूर्ण कर्मचारीलाई चाँडोभन्दा चाँडो कार्यालयमा उपस्थित गराई नागरिकप्रतिको जिम्मेवारी कसरी बहन गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ । यस्तो विपत्तीको घडिमा चौबिसै घण्टा सेवा प्रवाह गर्ने, नसके कार्यालयलाई दुई सिफ्ट सञ्चालन गरी ८ घण्टाबाट बढाएर सोह्र घण्टासम्म सेवा दिन जरुरी छ ।

4 comments on "संसार बेचैनीमा रहेको बेला वर्क फ्रम होम भनेर कसरी चैनमा बस्न सक्यौ बैंकर मित्र ?"

  • Ramesh says:

    Ahile ko dosro lahar ma banker haru nai sankramit chhan…because of crowd in the bank, many bakers suffered & even some died…do you hear about the corona patient died or people dies because of shortage of physical money ??? what a worthless article to demoralize any profession.

  • Mr. Sharma says:

    Have you ever been to Bank during this Corona Crisis? Can you please imagine that how bank and its official have been managing immediate service? Please go and see otherwise stay out of this, you should be responsible prior to writing such bullshit stuff.

  • मुकुन्द जाेशी says:

    आफूले जम्मा गरेको रकम नगदै झिक्छु भनेर कुनै बचतकर्ताले खोज्यो भने त्यो त उसको अधिकार नै हो । अनि अरू बेला बिना अतिरिक्त ज्यालामा दिनहुँ ३-४ घण्टासम्म ओभरटाईम गर्ने बैंकर आज सूचना प्रविधिकाे भरपुर उपयाेग गर्दै घरबाटै काम गर्दा रमाउछ भने त्याे चाहिँ उसकाे अधिकार हाेइन ? लेखक महाेदय, बैंकमा पैसा झिक्ने र राख्ने काम मात्र हुन्छ र भन्या ? त्यति मात्रै कामकाे लागि त बैंकले आफ्नाे करिब २०% मात्रै जनशक्ति राखेकाे हुन्छ । अब भन्नाेस बाँकी जनशक्तिले दैनिक ११-१२ घण्टासम्म के काम गर्दा हुन ? सबैले काउन्टर मात्रै चलाए अरू काम कस्ले गर्छ ? अनि फेसबुक, युट्युबमा दिनरात समय बिताउन सक्ने तर माेबाइल बैंकिङ , ईन्टरनेट बैंकिङ जस्ता प्रविधि सिक्नै नचाहने अर्धशिक्षित समुदायले लकडाउनकाे फुर्सदमा त्यति काम गरे हुन्न ? म स्वयं लकडाउन भएकाे दिनदेखि एकदिन पनि बिदा नलिई कम्तिमा दैनिक ११ घण्टासम्म अफिसमै बसेर काम गर्दै छु । तर महाेदय, काउन्टरमा बसेर, आफैले गनेर एक रूपियाँ पनि नगद दिएकाे छैन । तर, मैले गर्नपर्ने काम गरिन भने काउण्टर चलाएर बस्ने मेराे सहकर्मीले पनि नगद झिक्न र राख्न पाउदैन । बैंकिङ क्षेत्रमा कार्य गर्ने प्रणाली यस्ताे हुन्छ । यही प्रणालि/संरचनाले त हाे बैंककाे अर्काे नाम विश्वास हाे । आफ्नाे घरकाे दराजमा पैसा राख्नु भन्दा बैंकमा राखेकाे पैसालाई बढी सुरक्षित ठानिन्छ । अब भन्नाेस् म आफै टाेलटाेलमा घुम्ती काउन्टर संचालन गर्दै हिंडे मेराे जिम्मेवारीकाे काम कसले गर्छ ?

  • ** says:

    Not the entire bank is closed. Work has been effeciently manged and every day all the banks from their different branches are serving their clients. most of the staffs are already infected still bank service is opened for the valued clients like you to help you on your needy time.why can’t u come to bank to fulfill your requirement at day time. If u can’t do that ,banks are even considering online requests. So much digital options are there. And for the peoples who wish to go bank to withdraw money , every day bank is opened. Atms are on every footstep. Now i think what you have asked is u need cash to be delievered to your home. Why can’t u walk upto the bank or atm? And what kind of service you want for 24 hours. If u wish to withdraw money ATM is there or u can transfer online from Internet banking / IPS. Do u wish to open account at mid night or u want to remit money thru ghumti service ? What a robbish thought. Highly self concerned thought.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.