सबैको लघुवित्तको सीईओमा पुनः केशव कुमार पौडेल नियुक्त

  २०७८ वैशाख २४ गते ११:३७     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः केशव कुमार पौडेल नियुक्त भएका छन् । सीईओ पौडेलको कार्यकाल बैशाख ३१ गतेदेखि सकिन लागेसँगै संस्थाको सञ्चालक समितिको बैठकले उनलाई पुनः नियुक्ति गरेको हो ।

बैशाख २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त नियुक्ति दिने निर्णय गरेको हो । यससँगै सीईओ पौडेलको दोश्रो कार्यकाल आगामी जेठ १ गतेदेखि लागू हुने छ । र, उनले आगामी ४ वर्षसम्म संस्थाको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै सीईओ पदमा रहेर कार्य गरेको अनुभव छ । उनले २०७४ साल जेठ १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्थामा सीईओको जिम्मेवारी वहन गरेका हुन् । निजको वित्तीय अनुभव र कार्यकुशलताको सम्मान गर्दै बोर्डले आगामी ४ वर्षका लागी पुनः सीईओको जिम्मेवारी प्रदान गरेको बताएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी मिति २०७४ असार ३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

संस्थाले ०७८ चैत मसान्तसम्म ७ वटै प्रदेशका ३७ जिल्लामा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयको संजाल बिस्तार गरेको छ । सोही अवधी सम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा ३ अर्ब १४ करोड ६४ लाख रहेको छ भने बचतमा ८१ करोड ८९ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.