गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण, सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पनि अस्वस्थ

  २०७८ वैशाख २२ गते १६:१०     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण देखिएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमणको आशंकामा परीक्षण गर्न मंगलबार उनले स्वाब दिएका थिए । यसअघि उनको एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो ।

यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री पनि त्रिलोचन भट्ट पनि अस्वस्थ भएका छन् । बिगत ४ दिन देखी मुख्यमन्त्री भट्ट अस्वस्थ भएर निवासमै आराम गरिरेहका छन् । मुख्यमन्त्री सचिवालयका अनुसार भट्टलाई मौसमी भाइरल ज्वरोबाट प्रभावित भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.