बोनस सेयरमा लाग्ने कर तिर्न एनआईबिएल एस क्यापिटलको आग्रह, कसरी तिर्ने ?

  २०७८ वैशाख २१ गते १६:४४     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलले बोनस सेयरमा लाग्ने कर तिर्न विभिन्न कम्पनीका सेयरधनीलाई आग्रह गरेको छ । विभिन्न कम्पनीको सेयर रजिष्ट्रारको काम गर्दै आएको क्यापिटलले विभिन्न कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएको बोनस सेयरको लागि कर वापतको रकम बुझाउन सेयरधनीलाई आग्रह गरेको हो ।

त्यसैले सो कर वापतको रकम सेयरधनीहरुले विभिन्न बैंक खातामा सजिलै बुझाउन सक्ने क्यापिटलले जनाएको छ । जसको लागि बैंकले विभिन्न कम्पनीको नाम र बैंक खाता नम्बर, बैंक खाताको नाम र आर्थिक वर्षसमेत उपलब्ध गराएको छ । सोही विवरण अनुसार सेयरधनीले कर वापतको रकम बुझाउन सक्नेछन् ।

साथै, कर वापतको रकम बुझाउँदा सेयरधनीले आफनो नाम र हितग्राही खाता नं. अनिवार्य रुपमा उल्लेख गनुपर्ने छ । साथै, कर तिरिसकेपछि भौचर स्क्यान गरेर एनआईबिएल एस क्यापिटलको इमेल र फोन मार्फत जानकारी गराउन क्यापिटलले आग्रह गरेको छ ।

त्यसैगरी, सेयरधनीले बोनस सेयर बापतको करको विवरण काठमाडौंको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयमा फोन मार्फत सम्पर्क गरी जानकारी पाउन सक्नेछन् ।

सेयरधनीहरुले यी बैंक खातामा कर बुझाउन सक्नेछन्

2 comments on "बोनस सेयरमा लाग्ने कर तिर्न एनआईबिएल एस क्यापिटलको आग्रह, कसरी तिर्ने ?"

  • Sarwesh Raj Joshi says:

    मैले connect ips को माध्यमबाट JBBL को bonus tax ( मेरो 50 कित्ताको 10% = 5 कित्ता) को लागि हुन आउने Rs. 25 bonus tax 14 march 2021 मै तिरिसकेको छु र तिरेको screenshot निकालेर NIBL Ace ko facebook messenger मा पटकपटक पठाएको थिएँ र email address मा पनि पठाएको थिएँ । केही भएको छैन अहिले सम्म

  • Punya Raj Shakya says:

    how to know, for which company we have to pay tax please mention

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.