नेपालमा अप्रिल महिनामा भित्रिए हालसम्मकै बढी विदेशी पर्यटक

  २०७८ वैशाख २० गते १२:२२     विकासन्युज

काठमाडौं । गत अप्रिल महिनामा नेपालमा हालसम्मकै बढी विदेशी पर्यटक भित्रिएका छन् ।

अध्यागमन विभागले जारी गरेको अप्रिल महिनाको तथ्यांक अनुसार कोरोना महामारीका कारण नेपाल सरकारले गत वर्ष गरेको बन्दाबन्दीपछि हालसम्मकै उच्च मात्रामा विदेशी नेपाल आएका हुन् ।

विभागको तथ्यांक अनुसार अप्रिल महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १ सय ४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका छन् । जसमा १७ हजार ५९४ जना पुरुष, ४ हजार ८१९ जना महिला र ३७ जना अन्य नागरिक नेपाल भित्रिएका हुन् ।

एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार २०२ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन् । जसमा एघार हजार ८०४ पुरुष, एक हजार ३६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट ८०३ जना पर्यटक नेपाल भित्रिएका छन् । जसमा ६६५ जना पुरुष र एक सय ३८ जना महिला रहेका छन् ।

गत जनवरीमा ८ हजार ८ सय ७४ जना र फेब्रअरीमा ९ हजार १ सय ४६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तैगरी, गत मार्चमा १४ हजार ९७७ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.