दोश्रो चरणको हकप्रद जारी गर्न अपि पावरले पायो बोर्डको अनुमति

  २०७८ वैशाख २० गते ११:५८     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले दोश्रो चरणको हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले बैशाख १९ गते कम्पनीलाई १ बराबर ०.२९३८ काे अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्फत ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने छ ।

कम्पनीले २०७७ कात्तिकमा मात्रै १ कित्ता साधारण सेयर बराबर ०.४७६ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

उक्त हकप्रद पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ रहेको छ । २९.३८ प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९३ करोड रुपैयाँ नाघ्ने छ ।

One comment on "दोश्रो चरणको हकप्रद जारी गर्न अपि पावरले पायो बोर्डको अनुमति"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.