नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीको बुकिंङ खल्ती वालेटबाटै गर्न सकिने

  २०७८ वैशाख १६ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको बुकिंङ खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिंङ लिने छ ।

कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइकको बुकिंङ गर्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीले खल्तीबाट मात्रै बुकिंङको भुक्तानी लिने र  शुक्रबारदेखि बुकिंङ गर्न सकिने जनाएकाे छ  ।

यात्री मोटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएको विद्युतीय सवारी हो ।

कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ रहेकाे छ । कम्पनीले अहिले अर्डर गरेको मोटरबाइक ४ महिनामा उपलब्ध गराउने जनाएको छ ।

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीको दाबी छ । यसको तौल १९५ केजी रहेकाे छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.