बिहीबार नेपालभर ४८ सय ३१ काेराेना संक्रमित थपिए, ३५ जनाकाे मृत्यु

  २०७८ वैशाख १६ गते १७:०६     विकासन्युज

काठमाडाैं । नेपालमा बिहीबार ४ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ४८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या ३४ हजार ११७ पुगेकाे छ ।

यस्तै आज ८८८ जना निको भएसँगैं हालसम्म २ लाख ८० हजार १६७ जना निको भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना संक्रमणकाे कारण २३ जनाकाे मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.