एनआईबिएल समृद्धि फण्ड-२ः तीन दिनमै सबै बिक्यो, आजसम्म आवेदन दिन पाइने

  २०७८ वैशाख १६ गते १२:३७     विकासन्युज

काठमाडाैं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को इकाईहरु तेश्राे दिनमा नै सबै बिक्री भई सकेको छ ।

क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकबाट १३ करोड ४७ लाख ५७ हजार २२० इकाई (एक अब ३४ करोड ७५ लाख ७२ हजार २०० रुपैयाँ बराबर) को लागि आवेदन परिसकेको छ ।

जुन संस्थाले माग गरेकाे भन्दा १२.३० प्रतिशत बढीकाे आवेदन हाे ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्रीमा राखेकाे हाे ।

उक्त फण्डमा न्यूनतम १००  देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने आज अर्थात बैशाख १६ गते अन्तिम दिन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.