निषेधाज्ञामा समस्या समाधान गर्न बन्यो आरआरटी, अत्यावश्यक वस्तु आपूर्तिका समस्या हल हुने

  २०७८ वैशाख १५ गते १६:५४     विकासन्युज

काठमाडौं । निषेधाज्ञा हुने भएपछि धेरैलाई कसरी अत्यावश्यक वस्तुको सहज आपुर्ति गर्ने भन्ने चिन्ता हुन्छ । निषेधाज्ञामा कतै अत्यावश्यक वस्तुको अभाव हुन्छ कि भन्ने डर त्रास धेरैमा हुन्छ । यही डर त्रास कम र सहज सेवा आपुर्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय (र्यापिड रेस्पोन्स टिम आरआरटी) बनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न मन्त्रालयले टिम बनाएको हो। मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्ति पनि तोकेको छ ।

आपूर्ति व्यवस्थापनका लागि प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा.श्रीराम घिमिरे र उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा‍. नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको हो।

विभिन्न तहका कर्मचारी सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल समाधान गर्ने मन्त्रालयको भनाइ छ। सरकारले काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

मन्त्रालयले सम्बन्धित व्यक्तिको मोबाइल नम्बर दिएर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा कुनै समस्या आए तत्काल सम्पर्क गर्न भनेको छ ।

कुनै समस्या परे उल्लेखित व्यक्तिलाई सम्पर्क गर्न सकिनछ:

१. आपुर्ति व्यवस्थापनको हकमा– प्रेम कुमार श्रेष्ठ
सम्पर्क नम्बरः ९८४१५२६४४१२

२. स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताको हकमा– जनकराज दाहाल
सम्पर्क नम्बरः ९८५११४०००३

३. कृषिजन्य तथा पशुजन्य सामग्रीको आपुर्तिको विषयमा– डा.श्रीराम घिमिरे
सम्पर्क नम्बरः ९८५११५१३४७

४. उत्पादनशील उद्योगको हकमा– नारायण प्रसाद दुवाडी
सम्पर्क नम्बरः ९८५१२२२०३३

५. वैदेशिक व्यापारको हकमा– डा. नारायण प्रसाद रेग्मी
सम्पर्क नम्बरः ९८५१२७४६७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.