सेवाग्राहीको लागि सिरीजङ्घा गाउँपालिकाद्वारा वडाध्यक्षहरुकाे माेबाइल नम्बर सार्वजनिक

  २०७८ वैशाख १५ गते १४:४९     विकासन्युज

काठमाडौं । प्रदेश १ को ताप्लेजुङ जिल्लामा पर्ने सिरीजङ्घा गाउँपालिकाले पालिकाभित्रका ८ ओटा वडाका वडाध्यक्षहरूले प्रयोग गर्ने मोबाइल नम्बर सार्वजनिक गरेको छ । पालिकाले साेमबार एक सूचना जारी गर्दै वडाध्यक्षय प्रयोग गर्ने अफिसियल मोबाइल नम्बरको सार्वजानीक गरेको हो ।

सेवा ग्रहिलाई सहज तरिकाले सेवा लिन पाउन् भनेर वडा नम्बर १ देखि ८ सम्मका सबै वडाध्यक्षहरूले प्रयोग गर्ने अफिसियल नम्बर सार्वजनिक गरिएको गाउँपालिकाका सूचना अधिकारी बुद्धि प्रसाद खतिवडाले जानकारी दिए ।

सम्बन्धित वडाबाट सार्वजनिक सेवा लिने सेवाग्राहीको सहजता र वडाहरूको कार्यालयगत नम्बरमा एकरुपता कायम गर्ने उद्देश्यले गाउँपालिकाले वडागत नम्बर उपलब्ध गराएको खतिवडाले बताए ।

उनकाे अनुसार वडा नम्बर १ का वडाध्यक्षले प्रयोग गर्ने कार्यालयगत नम्बर ९८५२६६१००१ देखि सुरु भएको छ भने वडा नम्बर २ देखि वडा नम्बर ८ सम्मका वडाध्यक्षले प्रयोग गर्ने नम्बर क्रमशः ९८५२६६१००२ देखि ९८५२६६१००८ सम्म कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.