हरेक वडामा कृषि विकासका लागि कम्मर कसेका छौं- गाउँपालिका अध्यक्ष लामासँगको कुराकानी

  २०७८ वैशाख १५ गते ११:४२     विकासन्युज

वैतेश्वर गाउँपालिका बागमती प्रदेश अन्तर्गतको दाेलखा जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिकका साथै प्राकृतिक रूपले पनि फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ ।

८ ओटा वडा यस गाउँपालिकाको क्षेत्रफल ८० दशमलव ४१ वर्ग किलोमिटरसम्म फैलिएकोे छ । वि.सं. २०६८ सालको जनगणना अनुसार यस गाउँपालिकामा १९ हजार ८ सय ७६ जना मानिसको बसोबास रहेको पाइन्छ । गाउँपालिकाको पूर्वतर्फ जिरी नगरपालिका, पश्चिममा भिमेश्वर नगरपालिका, उत्तरमा गैरीशंकर गाउँपालिका, दक्षिणमा तामाकोशी गाउँपालिका रहेको यो गाउँपालिका जिरी जाने प्रमुख नाका रहेका छन् ।

गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष छवि लामासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

वैतेश्वर गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ?

गाउँपालिले कृषि विकासको लागि विभिन्न कृषि सहयोगका कार्यक्रमहरू ल्याएको छ । गाउँपालिकामा किवी, आलु, कफी खेति, मौरीपालन पनि हुँदै आएको छ । हामीले गाउँपालिकाको प्रत्येक वडालाई पकेट क्षेत्रको रुपमा छुट्याएका छौं । गाउँपालिकामा कृषि समुहको पनि गठन भएका छन् । गाउँपालिका र प्रदेशको सरकारको सहयोगमा कृषकहरूलाई अनुदान दिने व्यवस्था मिलाएका छौं । गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएर व्यावसायिक खेतिको गर्नको लागि कृषकलाई प्रयत्न गरेका छौं । निर्वाह कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने जोड दिएका छौं । पशुपालनका क्षेत्रका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । कृषकहरूलाई गाउँपालिकाले प्लास्टिक टनेलहरू अनुदानक रुपमा पनि दिँदै आएका छौं ।

कृषकहरूका लागि जमिन जोत्ने साधन हाते ट्रयाक्टर पनि अनुदानमा २ वर्ष अघि गाउँपालिकाले वितरण गरेको थियो । अर्गानिक मलको प्रयोग गर्न र रासायनिक मलको अन्त्य गर्न पनि गाउँपालिकालाई कृषकलाई आग्रह गरेको छ । गाउँपालिकाले थोपा सिँचाई क्षेत्रमा पनि प्रयत्न गर्नुपर्छ भन्ने विषयमा सोचेको छ । कृषिमा विभिन्न शिर्षक रहेका छन् । ति शिर्षक अनुसार पालिकाले बजेट पनि छुट्याउँदै आएको छ ।

विशेष गरेर हामीले तरकारीको, पशुपालनको, फलफूल आदि खेतिको पकेट क्षेत्रलाई छुट्याएर किसानहरूलाई सहयोग पनि गर्दै आएका छौं । आधुनिक कृषि प्रणालिलाई पनि हामीले विशेष जोड दिएका छौं । पालिका भित्र हामीले तरकारी, फलफूल आदिको विउ पनि कृषलाई वितरण गर्दै आएका छौं । वडा-वडामा अब कृषि विकास हुन पर्छ भनेर हामीले जोड दिइरहेका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ?

हाम्रो पालिका बढी ग्रामिण क्षेत्र छ । ग्रामिण क्षेत्रको मानिसहरू प्रायः कृषि पेशामा नै आवद्ध छन् । गाउँपालिकामा करिब ७० प्रतिशत मानिसहरू कृषि पेशामा आवद्ध छन् । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई पुरस्कारको व्यवस्था मिलाएका सकिरहेका छैनौं । तर राम्रो तरकारी उत्पादन गर्ने कृषकहरूलाई कृषिका औजारका सामानहरु वितरण गर्दै आएका छौं ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

पालिकामा प्रायः सबै ठाउँमा सडक पुगेको छ । गाउँपालिकाका धेरै सडकहरू २०७२ सालको भुकम्पले तहसनहस् भएका थिए । यस्ता सडकहरुको स्तारोन्ती गर्नको लागि केही समय लाग्यो । टोल टोलमा सडक त पुर्यायौं । गाउँपालिका केही ठाउँमा सडक पिच हुन थालेका छन् । सडकहरूको ग्रबेल गर्ने काम पनि गाउँपालिकामा भइरहेको छ । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ । हामीले गाउँपालिकाको सबै वडमा बिजुली पुर्याउन पनि सफल भएका छौं ।

तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि पनि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपुर्ण मानिन्छ । पालिका भित्रको ठाउँ ठाउँमा गुम्बा मठमन्दिरको निर्माण गरेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के-कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

हाम्रो पालिका पहाडी भूभाग भएको कारण हाल कोरोनाको खासै प्रभाव परेको छैन । हालै हाम्रो पालिकाका नागरिक कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । बाहिरी ठाउँबाट मानिहरु पालिका भित्र कमै मात्रका आउने गर्छन् । तर पनि कोरोना संक्रमणबाट बच्न सुरक्षित मापदण्ड अपनाएकै छौं । कोरोना सम्बन्धी सूचना पनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । स्वास्थ्य मापदण्डहरू अपनाउन लागि हामीले पालिका सबै नागरिकहरूलाई अपिल गरिरहेका छौं । स्वास्थ्यकर्मीहरूलाई पनि कोरोना भाइरसको सम्बन्धी जनाकारी नागरिकलाई गराउनको लागि आग्रह गरेका छौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के-कति पुरा भए अनि कति बाँकी छन् नि ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग ८० प्रतिशत सकिसकेका छौं । केही कामहरू त बाँकी छन् । घरघर, टोलटोलमा कालो पत्रे गर्ने काम बाँकी रहेको छ । तर पनि बाँकी रहेका कामहरू पुरा गर्नको हामी लागि परिरहेका छौं ।

गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के-के छन् ?

ठुला योजनाको रूपमा त सडक सञ्जाल नै रहेको छ । पालिकामा २७ सय किलोमिटर सडकको स्तारोन्ती गरेका छौं । गाउँपालिकाको भवन पनि सम्पन्नहुन लागेको छ । ३ करोड रुपैयाँ बजेटमा गाउँपालिकाको भवन निर्माण सुरु भएको हो । गाउँपालिकाको भवन, वडा कार्यालय बनाउनको लागि हामीले जग्गा खरिद गरेनाैं जग्गाको लागि नागरिकहरूले नै जग्गा दान दिए । नागरिकहरुले जग्गा दान दिएर नै गाउँपाउँपालिकाको भवन र वडा कार्यलय बनाउन सफल भएका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । हाल कक्षा १ देखि १० मा पढ्ने विद्यार्थीको लागि पनि हामीले डे«सको व्यवस्थापन गरेका छौं । गाउँपालिकाको शैक्षिक गुणस्तरमा विशेष पहल गरिरहेका छौं । आधुनिक विद्यालयका भवनहरू पनि पालिकामा बनिरहेका छन् । आधुनिक शिक्षा प्रणालीलाई पनि हामीले ध्यान दिइरहेका छौं । शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेलाबेलामा विभिन्न क्षेत्रका विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । शैक्षिक क्षेत्रको विकासका लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं ।

तपाईं आफ्नो कुन कामबाट बढी सुसी हुनहुन्छ ?

पालिकामा विकास निर्माणको कामहरु धेरै भएका छन् । तर पनि भएका विकास निर्माणको काममा त म सन्तुष्ट नै छु । पर्यटन, विकास, सडक, बिजुली जस्ता आदि क्षेत्रबाट म त सुसी नै छु ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

पालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं । युवाहरू विदेशमा गएर युवाहरू धेरै दुख गर्छन् । आफ्नै पालिकामा काम गर्नको लागि युवाहरू लाज मान्छन् । काम गर्ने युवाहरूको लागि धेरै ठाउँमा अवश्र छ । युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवाहरूले व्यवसायिक कृषि खेतिको पनि सुरुवात गरेका छन् । धेरै युवाहरूलाई विदेशको रहर छ । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं ।

पालिकाले स्थानीय स्रोत र साधनको परिचान कसरी गरिरहेको छ ?

पालिकाको धेरै ठुलो स्रोत त छैन । भएका स्रोतको परिचालन गरी विकास निर्माणको कामहरु अगाडि बढाइरहेको छौं । गाउँपालिकामा १५ शैया बेडको अस्पताल रहेको छ । अस्पतालका २ ओटा एम्बुलेन्स छन् ।

गाउँपालिकालाई समृद्ध बनाउनको लागि के-कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ?

गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रहरु बनाएका छौं । गाउँपालिकालाई समद्ध बनाउनको हामीले विशेष जोड दिइरहेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । अब १ वर्ष बजेटले पालिकाको सबै सडक पिच गर्ने योजान बनाएको छु । कृषि विकासको धेरै बजेट छुट्याएर कृषिको विकास गर्ने योजना पनि रहेको छ । सडकको सञ्जाल नपुगेको ठाउँमा सिडी बनाउने योजना छ । कच्ची भएको सडकहरूको स्तरोन्नति गर्ने हो । त्यसका लागि जनताको चाहना र आवश्यकता पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनु हुन्छ ?

म के भन्न चाहन्छु भने यातायात सञ्चालन नहुने ठाउँमा सिडी पुर्याएर विचार छ । कृषिमा प्याकेजका कार्यक्रहरु राखि युवालाई रोजगारी दिने योजना रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिक ठुलो भूमिका रहेको छ । स्थानीय स्रोतको परिचालन गरी विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.