९ महिनामै मेरो माइक्रोफाइनान्सको खुद नाफा २०९ प्रतिशतले बढ्यो, १३ अर्ब कर्जा लगानी गर्न सफल

  २०७८ वैशाख १३ गते १५:०२     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामै २०९.४१ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ९ करोड ५८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको संस्थाले चालु आवको सो अवधिमा २९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो ।

समिक्षा अवधिमा संस्थाकाे खुद ब्याज आम्दानी ८१.८९ प्रतिशतले बढेर ५७ करोड १४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा २१८ प्रतिशतले बढेर ३८ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषको रकम ६८ प्रतिशतले बढेर ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । गत चैत मसान्तसम्म २ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १२ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ५१.८१ र १३१.८५ प्रतिशतले बढी हो ।

संस्थाको निष्कृय कर्जा (एनपीएल) १.९ प्रतिशतबाट घटेर १.७ प्रतिशतमा पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर ३९.५३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १४८ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.