नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरी आएकाको पीसीआर नगर्नू: स्वास्थ्य मन्त्रालय

  २०७८ वैशाख १२ गते १४:११     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरी आएका विदेशी नागरिककाे पीसीआर टेष्ट नगर्न प्रयाेगशालालाई निर्देशन दिएकाे छ ।

यसरी नेपाललाई ‘ट्रान्जिट’ बनाएर आउनेहरुबाट संक्रमण झनै बढ्ने भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै सबै प्रयाेगशालालाई यस्ताे निर्देशन दिएकाे हाे ।

मन्त्रालयले कुनै व्यक्ति वा प्रयोगशालाले कोभिड–१९ प्रयोगशाला निर्देशिका–२०७७ अनुसार परीक्षण नगरेको पाइए नियमानुसार कारबाही गरिने चेतावनी पनि दिएको छ ।

नेपाली नागरिक, कूटनीतिक नियोग तथा मिसनका कर्मचारी तथा निजका परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई भने मन्त्रालयले परिचयपत्रका आधारमा पीसीआर परीक्षण गर्न अनुराेध गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.