भयावह बन्दै कोरोना, एकैदिन २ हजार ३ सय ६५ जना संक्रमित

  २०७८ वैशाख ९ गते १७:२५     विकासन्युज

काठमाडाैं । पछिल्लाे समय काेराेना भाइरस झन भयावह बन्दै गएकाे छ । दिनप्रतिदिन काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि फेरि अवस्था याे भन्दा पनि भयानक हुने हाे कि भन्ने अनुमान धेरैकाे छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार १ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार ४ सय ४७ एन्टीजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.