काेभिड संक्रमण राेक्न सरकारले उदासिनता देखाएकाे सांसद आराेप

  २०७८ वैशाख ८ गते १८:४८     विकासन्युज

काठमाडाैं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढेपनि नियन्त्रणको कदम चाल्न सरकारले उदासिनता देखाएको सांसदहरुले बताएका छन् । बुधबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्दै सांसदहरुले कोरोनाको दास्रो लहर तिव्र गतिमा फैलिएको भएपनि यसको रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनको काममा सरकारले उदासिनता देखाएको बताएका हुन् ।

कोरोनाको अघिल्लो लहरमा भएका कमीकमजोरी र अनुभवहरुबाट पाठ सिकेर अघि बढ्नुपर्ने भएपनि हालसम्म कोभिड–१९ को व्यवस्थापनको सम्बन्धमा सरकार पहिलेकै अवस्थामा रहेको सांसदहरुको भनाई छ । सांसद जीवनराम श्रेष्ठले सरकार संवेदनशिल बन्न नसक्नु आश्चर्यको कुरा भएको बताउनुभयो । अस्पतालहरुको अवस्था अझै सुधार नभएको भन्दै उहाँले सरकार आफैले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरेको बताए ।

सांसद अञ्जना विशंखेले दिर्घकालीन रोगका विरामीहरुका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो । विगतमा क्वारेन्टिनका खानाका कारण समस्या भएको भन्दै आगामी दिनमा सुधार्नुपर्ने बताइन् । कोरोना नियन्त्रणका लागि तीन तहका सरकारबीचमा समन्वय हुन नसकेको पनि बताइन् ।

उनले प्रभावकारी अनुगमन प्रणाली नभएकाले आगामी दिनमा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

सांसद सरिता न्यौपानेले स्वाव संकलन, यातायात र भण्डारणमा समस्या भएका कारण यथार्थ रिपोर्ट आउन नसकेको भन्ने सुनिएकाले त्यसतर्फ सरकारले ध्यान पु¥याउनुपर्ने बताइन्।

सांसद एकवाल मियाँले पनि कोरोना नियन्त्रणका लागि तिनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । कोरोनाबाट बच्न आवश्यक मेडिकल सामाग्री तथा पूर्वाधारहरुको व्यवस्थापन अहिलेदेखि नै गर्नुपर्ने उनको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना संक्रमणदर वृद्धि भएसँगै काठमाडौं उपत्यकामा २ हजार आइसोलेसन बेड सञ्चालनमा ल्याइएको बताए । यस्तै सातवटै प्रदेशमा जम्मा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.