उत्तरगया गाउँपालिकाको ध्यानः युवालाई रोजगारी, पर्यटन र कृषिको विकास

  २०७८ वैशाख ८ गते १३:११     जनक आचार्य

बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लामा पर्ने उत्तरगया गाउँपालिकाले कृषि तथा पर्यटनलाई उच्च प्राथमिकता दिदै यो क्षेत्रको विकासका लागि अधिकतम पहल गरेको छ । सो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धामबाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको हो । २०६८ सालको जनगणना अनुसार ८ हजार २ सय ५५ जनाको बसोबास रहेकोे सो पालिकामा ठूला योजना तथा परियोजनाहरु के कस्ता छन् र त्यसैगरी रोजगारीको अवसर सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं ।

कृषि विकास

गाउँपालिकाले कृषि विकासको क्षेत्रमा धेरै काम गर्दै आएको छ । गाउँपालिकामा विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु पनि संचालन गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रमा सिजन अनुसार तरकारी, धान, मकै, गहुँ लगायत अन्य विउ विजनहरुमा अनुदान दिदै आएको छ । यस गाउँपालिका कृषि क्षेत्रको लागि उर्भर भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् ।

गाउँपालिकाले कृषि सम्बन्धी तालिम पनि दिँदै आएको छ । कृषिमा अनुदान वितरण गर्नको लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १ लाख रुपैयाँ खर्च भइसकेको छ ।

गाउँपालिकाका करिब ८० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गर्दै आएको छ । कृषि क्षेत्रमा प्रयोग हुने उपकरणहरु हाते ट्रयाक्टर, स्रिङकल, पाइप लगायत अन्य उपकरणहरुमा पनि अनुदानको व्यवस्था रहेको पालिकाले जानकारी दिएको छ ।

पर्यटकीय क्षेत्र

उत्तरगया गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकाले आन्तरिक तथा वाह्य पर्यटक ल्याउन जोड दिइरहेको छ । गाउँपालिकाले पर्यटकीय स्थलहरुको पहिचान गरी स्तरोन्नति र प्रचार गर्ने काम पनि अगाडि बढाएको छ ।

तिरु क्षेत्र, भागेखोला झरना, भुमे स्थान, उत्तरगया धाम, घलेगढी आदि गाउँपालिकाको पर्यटकीय स्थानको रुपमा चर्चित छन् । पर्यटकीय क्षेत्रको प्रवद्धनका गर्न र पुर्वाधारको निर्माण गर्नको लागि संघीय सरकारबाट १ करोड रुपैयाँ बजेट विनियोजना भएको छ । यस गाउँपालिकाको धेरै पयटकीय क्षेत्रहरु प्रचारप्रसार सामाजिक संझलबाट हुने गरेको छ ।

शैक्षिक क्षेत्रको विकास

शैक्षिक क्षेत्रतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ । विद्यालयहरुको भौतिक सुधारको कार्यक्रम पनि गाउँपालिकाले गरिरहेको छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले गुणस्तरीय शिक्षामा विशेष जोड दिएको छ ।

यस गाउँपालिकामा शैक्षिक क्षेत्र सुधारको लागि १४ ओटा विद्यालयहरुलाई आइसिटि माध्यमबाट पठनपाठनको लागि स्मार्ट टिभी, ल्यापटप, डेस्कटप प्रोजेक्टर जस्ता उपकरणहरु वितरण गरेको छ । बाँकी रहेका ५ ओटा विद्यालयमा पनि आगामी आर्थिक वर्षमा शैक्षिक उपकरणहरु वितरण गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ ।

युवा रोजगार

युवालाई रोजगार सिर्जना गर्नमा पनि गाउँपालिकाको ठुलो भूमिका खेलेको छ । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि केन्द्रबाट गाउँपालिकामा ३५ लाख रुपैयाँ आएको छ । गाउँपालिकाले युवालाई निःशुल्क सिप विकास तालिम पनि दिँदै आएको छ । सडक मर्मत, गोरेटो बाटो मर्मत र निर्माण, सिचाई मर्मत आदि विकास निर्माणको काममा पनि युवाहरुले लगाउँदै आएको छ । अन्य स्थानीय नागरिकको आवश्यकता अनुसारको विकास निर्माणमा स्थानिय नागरिकको सहभागितामा गाउँपालिकाले विशेष जोड दिइएको छ ।

गाउँपालिकाको प्राथमिकता

हाल गाउँपालिकाले पूर्वाधार विकासको कामलाई नै पाथमिकतामा राखेको छ । खानेपानी, खेलमैदान व्यवस्तापन, बस्ती संरक्षण आदिको कामहरु गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

स्वास्थ्य क्षेत्रको विकास

गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको भौतिक विकास तथा सुधार गरिरहेको छ । आधारभूत स्वास्थ्यसेवाको नियमित उपलब्धताको सुनिश्चितताको लागि औषधिको नियमित आपूर्ति र भण्डारको व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ । गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकीहरू छन् । सबै वडामा स्वास्थ्यचौकीमा आवश्यकता अनुसारको औषधीको व्यवस्था गाउँपालिकाले मिलाएको छ । गाउँपालिकामा आवश्यकता अनुसार स्वास्थ्य भवनहरू पनि रहेका छन् । स्वास्थ्य सम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीहरुले दिइरहेका छन् । गाउँपालिकामा ल्याबको पनि स्थापना भएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि गाउँपालिकाले गरिरहेको छ ।

गाउँपालिकाले स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि बजेट विनियोजन गर्दै आएको छ । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी गाउँपालिकाले नागरिकलाई निःशुल्क दिने गरेका छ । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । गाउँपालिकाको प्रत्येक स्वास्थ्य चैकीमा प्रजनन् केन्द्रको स्थापना भएका छन् । गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ ।

खेलकुद विकास

खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा खेलकुद समिति गठन भएको छ । खेलकुदका औपचारिक कार्यक्रम पनि गाउँपालिकामा हुने गरेका छन् । गाउँपालिकामा युवा क्लबहरू गठन भएका छन् । गाउँपालिका भित्र रहेका वडाहरुको विभिन्न स्थानमा खेलकुद मैदान निर्माण काम पनि भइरहेको छ ।

खेलकुद समिति र युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवा खेलकुद तर्फ उत्सुक छन् । गाउँपालिकाले खेल मैदानको पनि व्यवस्था मिलाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा वडागत खेलकुद प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ ।

ठूलो उद्योग

यस गाउँपालिका भित्र खासै ठूला उद्योग छैनन् । व्यापारीक स्थलहरु भर्खरै निर्माण हुन थालेका छन् । यहाँ गरिने प्रमुख पेशा भनेको खेती किसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालन जस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । गाउँपालिकामा साना तथा घरेलु उद्योगहरु संचालनमा आएको छ ।

गाउँपालिकाको खर्च र उपलब्धी

गाउँपालिकाका भित्र हाल सम्म ५० प्रतिशत योजनाहरु सम्पन्न भइसकेको छ । खर्च गरेअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । गाउँपालिकाका बासिन्दाहरुको दैनिक जिवनयापनलाई सहज पनि आएको छ ।

(गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत आचार्यसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.