सिटिजन्स बैंकले ९ महिनामै कमायो साढे एक अर्ब बढी नाफा, यस्ता छन् अन्य परिसूचक

  २०७८ वैशाख ७ गते ९:५४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा अर्थात पहिलो ९ महिनामै एक अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१.६१ प्रतिशतले बढी हो ।

बैंकले गत आवको तेश्रो त्रैमास अर्थात पहिलो ९ महिनामा एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले एक अर्ब ३४ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । जुन अघिल्लो आवको चैत मसान्तसम्ममा ४१ करोड ९ लाख रुपैयाँ मात्रै रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी बढेर २०.७२ रुपैयाँ पुगेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात बढेर १५.९४ गुणा र प्रतिसेयर नेटवर्थ १४६.८७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, गत वर्ष एक अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा चालु आवमा बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तमा बैंकले खुद ब्याज आम्दानीबापत २ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिमा २ अर्ब २४ करोड रुपैयाँ थियो ।

बैंकले समीक्षा अवधिमा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८ अर्ब रुपैयाँ रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष सोहि अवधिमा बैंकले ८८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । त्यस्तै, बैंकको जगेडा कोषको रकम बढेर ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको एनपीएल ०.९७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ । बैंकको आधार दर र स्प्रेड रेट घटेर क्रमशः ७.४४ प्रतिशत र ३.८६ प्रतिशतमा झरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.