सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन निषेध

  २०७८ वैशाख ६ गते १४:१५     विकासन्युज

काठमाडाैं । सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले सार्वजनिक ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेकाे हाे ।

बैठकले जारी गरेकाे ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा याे नियम उल्लेख छ । यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि राेक लगाएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण झन बढी फैलिएको छ । सरकारले सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । विभिन्न जिल्लाको जिल्ला प्रशासनहरुले विद्यालय बन्द गर्न पनि निर्देशन गरिसेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.