३ वर्ष अगाडि साइकल पनि नचल्ने बाटाहरु अहिले पिच भएका छन्ः उपाध्यक्ष खत्रीसँगकाे कुराकानी

  २०७८ वैशाख ३ गते १८:११     विकासन्युज

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो राप्ती सोनारी गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । ९ ओटा वडा रहेको यस गाउँपालिका १० हजार ४१ दशमलब ७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । गाउँपालिका भित्र ५९ हजार ९ सय ४६ जनाको बसोबास रहेको छ । गाउँपालिकाको पूर्वतर्फ दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला एवं दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।


सर्वप्रथम कृषिबाटै सुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता कामगरिरहेको छ ?

हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषिलाई नै प्राथमिकतामा राखेका छौं । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । भूगोल अनुसारको पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । पकेट क्षेत्र अनुसारको कृषिमा बजेट पनि विनियोजन गरेका छौं । धानको विउ पनि विक्री हुँदै छ ।
कृषकलाई कृषि अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषि औजारको पनि हामीले कृषकलाई वितरण गर्दै आएका छौं ।

कृषको आवश्यकता अनुसार कृषिका औजारहरु पनि वितरण गर्दै आएका छौं । किटनाशक औषधी पनि वितरण गर्दै आएका छौं । बेला बेलामा कृषकलाई कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा कृषक समुहहरुको गठन भएको छ । कुखुराको अन्डा, दुध, मकै, धानको उन्नत बिउ र घाँसको बिउ आदि उत्पादनमा पनि हाम्रो गाउँपालिका आत्मनिर्भर रहेको छ . गाउँपालिकामा गाई, भैँसी, बङगुर, कुखुराकाफर्महरू पनि सञ्चालनमा आएका छन् । विभिन्न जातका धानको बिउ समेत गाउँपालिकामा उत्पादन हुने गरेको छ । कृषि विकासका लागि गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । सिचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ ।

गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ?

गाउँपालिकामा कृषिका आयोजनाका कामहरु नै रहेका छन् । कृषिको लागि बजेट पनि छुट्याएका छौं । धेरै विकास निमाणको कामहरु त सम्पन्न भइसकेको छ तर थप योजना बनाउने तयारीमा छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । हाम्रो गाउँपालिकामा स्कुलका भवन, वडाका भवन निर्माणको कामहरु पनि भइरहेको छ । हामीले गाउँपालिकाको प्रत्योक वडामा सडक पुर्याएका छौं । सडकको पिच गर्न सुरु गरेको छौं । गाउँपालिकाको प्रत्येक घरमा बिजुली बाल्न पनि सफल भएका छौं । हामी गाउँपालिका भित्रका सबै घरमा खानेपानी पनि पुर्याएका छौं । बेरिङ स्टमबाट पनि खानेपानी निकालेका छन् । खानेपानी सुद्ध गर्नेको लागि फिल्टर पनि वितरण गरेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

शैक्षिक विकासको लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । शैक्षिक विकासको लागि हामीले ५ करोड ५० लाख रुपैयाँ बजेट छट्याएका छौं । गाउँपालिकामा शैक्षिक क्षेत्रलाई पनि प्रथामिकतामा नै राखेका छौं । बाल विवाह नियन्यत्रणको लागि तालिम पनि सञ्चालन गरेका छौं । गाउँपालिकामा साक्षरता मुक्त घोषणा पनि भइसकेको छ ।  हामीले शिक्षा क्षेत्रमा आएका समस्याहरू समाधान गरेर पनि अगाडि बढिरहेका छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरु निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि समय–समयमा छलफल पनि गरिरहेका हुन्छौं ।

खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता आयोजनाहरू बनाएको छ ?

खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । विद्यालयको तर्फबाट अध्यक्ष कप भनेर गरिएको खेलकुद प्रतियोगिता भएको थियो । खेलकुलको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं ।राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा वडागत खेलकुद प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ ।  गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाउँपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरुले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनु परेको छैन । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर पनि छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । हामीले युवालाई सिप विकास तालिम दिँदै आएको छौं ।

गाउँपालिकामा सर्वसाधारणले के कस्ता समस्या लिएर आउँछन् ?

गाउँपालिकाका नागरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं । तर पनि नागरिको आवश्यकता पुरा गर्न पनि हामी खटिरहेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

हामीले पालिकास्तरको योजना तयार परेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढिरहेका छौं । पालिकामा हामीले खुल्ला दिशामुक्त घोषणा पनि गरेका छौं । चुनाबको बेलामा भोट माग्दा साइकल पनि न हिडने सडकहरु हाल पिच हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.