नयाँ वर्षको आर्थिक शुभकामना !

  २०७८ वैशाख १ गते १४:३६     सुशिल घिमिरे ‘त्रैलोक्य’

सबैको गोजीमा हजार हजारको
नोट होस्
बैंक व्यालेन्स होस् ।

आईपीओ खुलोस्
सबैलाई निफ्रा जस्तै
सेयर परोस् ।

नेप्से बढोस्
सबैको इन्स्योरेन्स होस्
कर्मचारीको तलब बढोस् ।

कर घटोस्
बाेनस बढोस्
बालुवा, सिमेन्ट, छडको भाउँ घटोस्
सबैको घर बनोस् ।

महंगी घटोस्
परनिर्भता हटोस्
व्यापार घाटा कम होस्
पेट्रोलको भाउँ घटोस्
बिजुलीको शुल्क घटोस् ।

बन्द हडताल घटोस्
देश आर्थिक विकासमा लागोस्
आजको नयाँ वर्षको नयाँ बिहानीमा
देश विकासको आर्थिक शुभकामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.