कोरोनापछि मान्छे, समाज र सरकारको व्यवहार

  २०७८ वैशाख १ गते १०:४३     दिपेश घिमिरे

कोरोनाको महाव्याधि सुरु भएको एक वर्ष भन्दा बढी समय वितिसकेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना यतिबेला संसारका सबै कुना पुगिसक्यो । हरेकतह र तप्काका जातजातिका, लिंग र वर्गका मानिसहरु यसको प्रत्यक्ष मारमा परेका छन् । करोडौले रोजगारी गुमाएका छन् । करोडौ मानिस गरिबीको रेखामुनि पुगेका छन् । धनीहरु झन् झन् धनी हुदै गएका छन् भने गरिबहरु झन् झन् कंगाल हुदै गएका छन् ।

अर्थात, आर्थिक असमानताले आकास छुन लागि सक्यो । यस अवधिमा रोजगारीका पुराना अवसरहरु धेरै गुमेका छन् । तर नयाँ नयाँ अवसरहरु देखा परे ।

उदाहरणको लागि अमेरिकामा कोरोनाको सुरुवाती चरणमा सुरु भएको खाना घरैमा पुर्याउने डोरड्यास कम्पनी अहिले धेरै व्यक्तिलाई रोजगारी दिने र नाफा कमाउने मध्येको एक कम्पनी भएको छ । नेपालमा पनि खाना होम डेलिभरी, अनलाईन सपिंग, अनलाईन पेमेण्टबाट गर्न सकिने नयाँ तरिकाका व्यापार व्यवसायहरुको अवस्था निकै राम्रो हुदै गएको छ । ठुला पत्रिकाहरुको साईज खुम्चेर केहि पानामा सिमित हुदै जाँदा अनलाईन न्युज पोर्टलको व्यापार रहर लाग्दो देखिन्छ ।

अमेरिकामा कोरोनाको सुरुवाती चरणमा सुरु भएको खाना घरैमा पुर्याउने डोरड्यास कम्पनी अहिले धेरै व्यक्तिलाई रोजगारी दिने र नाफा कमाउने मध्येको एक कम्पनी भएको छ । नेपालमा पनि खाना होम डेलिभरी, अनलाईन सपिंग, अनलाईन पेमेण्टबाट गर्न सकिने नयाँ तरिकाका व्यापार व्यवसायहरुको अवस्था निकै राम्रो हुदै गएको छ ।

यी त कोरोनाले आर्थिक क्षेत्रमा पारेको प्रभाव भए । कोरोनाले आर्थिक क्षेत्रमा मात्र होईन योसँगै सामाजिक तथा सांस्कृतिक सवालमा अझ धेरै र दुरगामी प्रभाव पारेको देखिन्छ । अर्थात, कोरोनाले प्रभावप ार्न बाँकी कुनै क्षेत्र तथा सवाल रहेनन् ।

कोरोनाको महाव्याधिसँगै सामाजिक क्षेत्रमा उथलपुथल देखियो । सबैभन्दा ठुलो असर स्वास्थ्य क्षेत्रमा देखियो । धेरै देशको जनस्वास्थ्यको अवस्था यसले प्रष्ट देखाइदियो । अहिलेको आधुनिक युगमा पनि संसारको जनस्वास्थ्यको क्षेत्र कति कमजोर छ भन्ने बुझ्नको लागि यसले ठुलो अवसर दियो ।

स्वास्थ्य क्षेत्र विनायोजना र रणनीति सिधै निजी क्षेत्रको हातमा जिम्मा लगाउँदा महाव्यधीको अवधिमा के कस्ता समस्या आउँछ भन्ने बुझ्नको लागि ठुलो अवसर मिल्यो । यसले जन स्वास्थ्यमा नकारात्मक मात्र असर पार्यो जस्तो मलाई लाग्दैन । कतिपय सवालमा यसले सकारात्मक प्रभाव पनि पारेको छ । आमनागरिक आफ्नो स्वास्थ्यको सन्दर्भमा बढी संवेदनशील भएका देखिन्छ । सरसफाईको अवस्था निकै सुध्रिएको छ ।

यसले आगामी दिनमा सामान्य व्यक्तिगत सरसफाईको अभावमा झाँडापखाला जस्ता सामान्य रोगको कारण ज्यान गुमाउनेको संख्या आगामी दिनमा घटेर जान सक्छ । निकै लामो समयदेखि जनस्वास्थ्य सरकारको प्राथमिकताभन्दा बाहिर थियो ।

काठमाडौ उपत्यकामा पहिल्लो तीन दशकमा एउटा मात्र सार्वजनिक अस्पताल खुलेको छ । बाँकी सबै निजी क्षेत्रका अस्पताल खुले । कोरोनाले अब राज्यको प्राथमिकता विस्तारै स्वास्थ्य क्षेत्रमा जाने देखिन्छ ।

उदाहरणको लागि काठमाडौ उपत्यकामा पहिल्लो तीन दशकमा एउटा मात्र सार्वजनिक अस्पताल खुलेको छ । बाँकी सबै निजी क्षेत्रका अस्पताल खुले । कोरोनाले अब राज्यको प्राथमिकता विस्तारै स्वास्थ्य क्षेत्रमा जाने देखिन्छ । पछिल्लो समय सम्पूर्ण निर्वाचन क्षेत्रमा एउटा सुविधासम्पन्न अस्पताल बनाउने सरकारी योजना सार्वजनिक भएर कार्यान्वयनमा गइसकेको छ । आगामी दिनमा यस्ता अरु योजनाहरु प्नि आउने सम्भावना देखिन्छ । अर्थात, अब चाहेर पनि सरकारले स्वास्थ्य क्षेत्रलाई विगतको जस्तो वेवास्ता गरेर बस्न नसक्ने अवस्था बनेको छ । यसले कोरोनाको महाव्याधी समाधान भएपछि पनि नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ ।

कोरोनाले हाम्रो स्वास्थ्यका बारेमा भएका धारणा र बुझाईमा पनि प्रभाव पारेको छ । हाम्रो सामान्य वानीव्यवहारमा पनि व्यापक प्रभाव पारेको छ । उदाहरणको लागि नङ टोक्ने बानी भएकाहरुले यस अवधिमा उक्त बानीमा सुधार ल्याए । नियमित रुपमा हात सफाई नगरिकन खानाखाने वा पस्किने वा ख्वाउनेहरुको उक्त व्यवहारमा परिवर्तन आएको छ । कहिकतै केही छोएमा तत्काल हात धुने वा सेनिटाईजर प्रयोग गर्ने वानीको विकास भएको छ । आफु र आफ्नो वरपरको सरसफाईमा धेरैले मनैदेखि ध्यान दिन थालेका छन् । यी र यस किसिमका बानी व्यवहारमा आएको परिवर्तनले जनस्वास्थ्यमा निकै पछिसम्मको लागि सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

नियमित रुपमा विद्यालय जाने, उफ्रिने खेल्ने, व्यायाम गर्ने जस्ता काम नियमित हुन नसक्दा त्यसले बालबालिकाको मोटोपना बढाएको छ । तत्कालै विद्यालय खुलेर पूर्ववत् अवस्थामा जाने हो भने यो अवस्थामा सुधार आउन सक्छ ।

शिक्षा क्षेत्रमा पनि यस किसिमको प्रभाव परेको देखिन्छ । नियमित रुपमा विद्यालय जाने, उफ्रिने खेल्ने, व्यायाम गर्ने जस्ता काम नियमित हुन नसक्दा त्यसले बालबालिकाको मोटोपना बढाएको छ । तत्कालै विद्यालय खुलेर पूर्ववत् अवस्थामा जाने हो भने यो अवस्थामा सुधार आउन सक्छ । अन्यथा यसले बालबालिकाको मोटोपना बढेर जान सक्छ । यसैगरी नियमित रुपमा विद्यालय जान नपाउँदा बालबालिकाको शिक्षाको गुणस्तर संसारभर खस्किएर गएको छ । बालबालिकालाई आफ्ना अभिभावकले जति नै प्रयास गरेपनि या समय दिएपनि विद्यालयमा जत्तिको सिकाई दिन गाह्रो हुन्छ ।

लामो समय विद्यालय जान नपाउँदा बालबालिकाको बानीव्यवहारमा पनि परिवर्तन ल्याएको देखिन्छ । बढी समय मोबाईल, टिभीमा व्यस्त हुने समस्या छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थी यसको प्रत्यक्ष मारमा परेका छन् । विश्वका कतिपय देशले प्रदान गर्ने छात्रवृत्तिको रकममा कटौती भएको छ । यसले नेपाली विद्यार्थी पनि प्रत्येक्ष रुपमा मर्कामा परेका छन् ।

प्रविधिको बारेमा खासै जानकारी नभएका विश्वविद्यालयका कतिपय प्राध्यापकले यो समयमा बढी फाईदा उठाएको देखिन्छ । अनलाईनमा कक्षा लिने मात्र होईन देश विदेशका वेविनारमा सहभागी भए ।

सिकाईको बैकल्पिक माध्यमको रुपमा अनलाईन कक्षा अगाडी आए । अनलाईन कक्षाले बालबालिकाको सिकाईमा केही भरथेग त गरेको छ । तर, अनलाईन कक्षा विद्यालयमा हुने जत्तिको प्रभावकारी हुन सकेको देखिन्न । विद्यालय तहमा अनलाईन कक्षा प्रभावकारी नभए पनि उच्च तहमा यसको प्रभावकारिता निकै बढी देखिएको छ । प्रविधिको बारेमा खासै जानकारी नभएका विश्वविद्यालयका कतिपय प्राध्यापकले यो समयमा बढी फाईदा उठाएको देखिन्छ । अनलाईनमा कक्षा लिने मात्र होईन देश विदेशका वेविनारमा सहभागी भए । यस किसिमको प्रविधिको उपयोगले प्राध्यापकले आगामी दिनमा पनि अझ फाईदा लिने देखिन्छ । यसको प्रत्यक्ष फाईदा विद्यार्थीले पनि उठाउने छन् ।

यसका अलावा अन्य कतिपय कुरामा प्रत्येक्ष प्रभाव देखिन्छ । जस्तै, विगतमा शहरमा भित्रिनेको मात्र एकतर्फी ताँती थियो । अहिले शहर छाडेर योजनावद्ध रुपमा आफ्नै गाउँ फर्किनेको पनि संख्या उल्लेख्य हुदै गएको छ । तल्लो तहमा आधारभुत सेवा सुविधालाई पुर्याउने हो भने यो संख्या अझ बढेर जानेछ । विदेशबाट फर्केर आफ्नै गाउँठाउँमा उत्पादनमूलक काम गर्नेहरुको संख्या उल्लेख्य देखिन्छ । आगामी दिनमा यो संख्या बढ्दै जान सक्छ । यदि त्यसो भयो भने त्यसले निकै सकारात्मक प्रभाव पार्नेछ ।

विगतमा शहरमा भित्रिनेको मात्र एकतर्फी ताँती थियो । अहिले शहर छाडेर योजनावद्ध रुपमा आफ्नै गाउँ फर्किनेको पनि संख्या उल्लेख्य हुदै गएको छ । तल्लो तहमा आधारभुत सेवा सुविधालाई पुर्याउने हो भने यो संख्या अझ बढेर जानेछ ।

अब राज्यको जिम्मेवारी भनेको कोरोनाले सृजना गरेको सकारात्मक प्रभावलाई संस्थागत गर्ने गरी नीतिनियम बनाउनु हो । शहरमा बसोबास गरिरहेकाहरु कोरोनाको कारण गाउँफर्किएका छन् । बालबच्चालाई राम्रो र गुणस्तरीय शिक्षा दिनको लागि शहर आएकाहरु गाउँ फर्किएका छन् । सानो रोजगारीको आशा गरेर शहर भित्रिएकाहरु गाउँ फर्किएका छन् । अब उनीहरुलाई गाउँमै राख्ने गरी नीति बनाउन सकेमा मात्र त्यो दिगो हुन्छ । गाउँका सामुदायिक विद्यालयको गुणस्तर बढाउन स्थानीय सरकारले अब काम गर्न आवश्यक छ । स्वास्थ्य चौकीमा नियमित स्वास्थ्यकर्मी उपलब्ध गराउँदै गुणस्तरमा अभिवृद्धि गराउनु आवश्यक छ । स्थानीयस्तरमै बसेर उत्पादनमुखी काम गर्न चाहनेहरुलाई अब उपयुक्त वातावरण बनाउनु जरुरी छ । विदेशबाट केही सीप र केही पुँजी बोकेर नेपाल आएकालाई अब यहीँ सीप अनुसारको उत्पादनमुखी क्षेत्रमा काम गर्ने अवसर सिर्जना गर्नु जरुरी छ ।

यसैगरी डिजिटल भुक्तानीको क्षेत्रमा केही अवसर सिर्जना भएका छन् । यसले नेपालको अर्थतन्त्रको मुहार परिवर्तन गर्ने देखिन्छ । कोरोनाको कहरले सिर्जना गरेको यस अवसरलाई थप प्रभावकारी बनाउँदै दिगो बनाउने गरि नीति नियम बनाउनु आवश्यक छ । अनलाईन कक्षालाई अझ प्रभावकारी र दिगो बनाउनु जरुरी छ । यतिबेला नेपालमै पनि कतिपय ईनोभेसन भएका छन् । जस्तो खुट्टाले टेकेर सेनिटाईजरको प्रयोग गर्न सकिने जस्ता देख्दा साना तर उपयोगी कुराहरुलाई अझ प्रभावकारी बनाउनको लागि सरकारले नीति तथा योजना बनाउनु जरुरी छ । यस्ता ईनोभेसनलाई प्रवद्र्धन गर्ने गरी योजना बनाउनु पर्दछ ।

बैक तथा वित्तीय संस्थाहरुले सम्पूर्ण पेमेण्टलाई डिजिटलाईज्ड गर्दै अनलाईन प्रणालीमा लैजान सक्छन् । अनलाईन व्यापारलाई रेगुलेट गर्ने संयन्त्र बनाउदा दिगो रुपमा फाईदा दिन्छ । पठाओ, टुटल जस्ता सेयर राईडिंगलाई व्यवस्थित गर्नु जरुरी छ ।

सरकारी कार्यालयलाई डिजिटलाईज्ड गर्ने एउटा बेजोडको अवसर हाम्रो अगाडी आईपुगेको छ । अब घरजग्गा किनबेच, सवारी चालक अनुमतिपत्रको लागि टायल दिने जस्ता केही काम बाहेकका सबै कामलाई अनलाईन गर्नेगरी सरकारले संयन्त्रको विकास गर्नु जरुरी छ । बैक तथा वित्तीय संस्थाहरुले सम्पूर्ण पेमेण्टलाई डिजिटलाईज्ड गर्दै अनलाईन प्रणालीमा लैजान सक्छन् । अनलाईन व्यापारलाई रेगुलेट गर्ने संयन्त्र बनाउदा दिगो रुपमा फाईदा दिन्छ । पठाओ, टुटल जस्ता सेयर राईडिंगलाई व्यवस्थित गर्नु जरुरी छ । कतिपय कम्पनीहरुले वर्क फ्रम होमलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन सक्छन् ।

यी त केही उदाहरण मात्र हुन् । सरकारले कोरोना पछिको देश तथा समाजको अवस्थालाई मिहिन रुपमा विश्लेषण गरेर यसले सिर्जना गरेका अवसरलाई दीगो बनाउने गरी नीति तथा रणनीति बनाउनु आवश्यक छ । कोरोनाले व्यक्तिको वानीव्यवहार रहनसहन, संस्कार संस्कृति सबैमा प्रत्यक्ष प्रभाव पारेको छ । हाम्रा चाडवाड मनाउने चालचलन पनि बदलिदै छन् । संस्कार संस्कृतिमा पनि यसले असर पारेको छ । समग्रतामा भन्नुपर्दा कोरोनाले अगाडीको समाज, संस्कार, संस्कृति तथा रितिरिवाज तथा वानीव्यवहार आदि सबै कुरामा उथलपुथल पारेको छ । यो उथलपुथललाई राम्रोसँग पहिचान गरेर संघीय, प्रादेशिक र स्थानीय सरकारले सोही अनुसारको नीति र योजना बनाउने हो भने हामीले प्रशस्त लाभ लिनसक्ने सम्भावना देखिएका छन् ।

(त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक घिमिरेसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.