कक्षा ११ र १२ निःशुल्क पढाउँदै सिरिजङ्गा गाउँपालिका

  २०७७ चैत ३१ गते १६:०५     राजिव न्यौपाने

काठमाडौं । प्रदेश १ को ताप्लेजुङ जिल्लामा पर्ने सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ पढ्ने सबै विद्यार्थीलाई निःशुल्क पढाउदै आएको छ । यो वर्षबाट ११ र १२ मा पढ्ने विद्यार्थीहरुलाई गाउाँपालिकाले निःशुल्क पढाउँदै आएको हो ।

कक्षा ११ र १२ पढ्न विद्यार्थीले निःशुल्क रुपमा पढ्न पाउने र विद्यालयले पनि शुल्क लिन नपाउने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष टिकाराम गुरुङ्गले जानकारी दिए ।

सो गाउँपालिकाका विद्यार्थीका लागि मात्रै होइन, अन्य पालिकाहरुबाट आउने विद्यार्थीले पनि कक्षा ११ र १२ पढ्न कुनै शुल्क तिर्नु नपर्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । कक्षा ११ र १२ कक्षा पठाउने विद्यार्थीको आधारमा सोझै गाउँपालिकाले विद्यालयलाई अनुदानमा रकम उपलब्ध गराउने व्यवस्था मिलाएका गुरुङ्गले बताए ।

यस्तै, यो वर्षबाट सामाजिक विकास अन्तर्गत गाउँपालिकाले प्रत्येक वडाका उच्च अंक ल्याउने विद्ययार्थीहरुलाई एक वडाका १ जना गरी जम्मा ८ जना विद्यार्थीलाई प्रत्येक वर्ष बाली विज्ञान र पशु विज्ञानमा निःशुल्क पढाउँदै आएको अध्यक्ष गुरुङ्गले बताए ।

शिक्षालाई विशेष ध्यान दिएको पालिकाले सो पालिकाभित्रका आधारभूत विद्यालयमा पढ्ने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी २ हजार रुपैयाँ बराबरको झोला, सट, पाइन्ट र सुइटर पनि यो वर्षबाट दिदै आएको छ । सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रमा ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङ्गले बताए । उनका अनुसार सो पालिकामा १ देखि ५ कक्षासम्म पढ्ने विद्यार्थीको संख्या १६ सय ५० रहेको छ ।

एसईई लक्षित गरेर १० कक्षाका विद्यार्थीलाई २ महिनासम्मको निःशुल्क कोचिङ व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ । गाउँपालिका भित्रका १० कक्षासम्म रहेका विद्यालयहरुमा निःशुल्क कोचिङ कक्षहरु सञ्चालनमा आइसकेका छन् । सो गाउँपालिकामा ९ ओटा माध्यमिक विद्यालय रहेको र माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीलाई एसईई लक्षितगरेर अंगे्रजी, विज्ञान र गणित विषयको कोचिङ कक्षा सञ्चालन गरिरहेका अध्यक्ष गुरुङ्गले बताए । यो बर्षबाट कोचिङ कक्षाको सञ्चालन गरेको र कोचिङ कक्षा प्रत्येक वर्ष सञ्चालन हुने उनको भनाई छ ।

शैक्षिक प्रोत्साहन कोष छुटट्याई कोष अन्तर्गत शैक्षिक गतिविधि गाउँपालिकाले गरिरहेको छ । शैक्षिक कोष अन्तर्गत नै गाउँपालिले नयाँ वर्षको अवसर पारेर वैशाख ४ गते ताप्लेजुङ्ग जिल्लाभर रहेका माध्यामिक, सामुदायिक र संस्थागत विद्यालयका प्रत्येक विद्यालयबाट १ एक जना विद्यार्थीहरू सहभागी हुने गरी बक्तृत्वकला प्रतियोगिता आयोजनाको तयारी गरी रहेको अध्यक्ष गरुङ्गले बताए । गाउँपालिका बाहिरबाट आउने विद्यार्थीलाई खाने बस्ने व्यवस्था गाउँपालिकाले नै मिलाउ तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.