सामाजिक संघसंस्थाहरु किन लामाे समय जिवन्त रहन सक्दैन्न ?

  २०७७ चैत ३० गते १३:५८      सन्तोष तिमल्सिना

काठमाडाैं । मानिस सामाजिक प्राणी भएका कारण ऊ समाजमा बस्न रुचाउँछ । आफ्नो समज र समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र भौतिक विकासका संगठित भई कार्य गर्दछन ।

आफ्ना पूर्खाको रगत र पसिनाले सिंचिएको जन्मभूमीको विकास र समृद्धिका लागि केही गरौं भन्ने सबैमा हुन्छ । तर फरक यति छ, कसैका सपनाहरु साकार हुन्छन त, कतिका अधुरै रहन्छन् । समाजका लागि केही गरौं भन्ने नविन सोच, नयाँ जोस र उर्जाका साथ समाजको चौतर्फी, सामाजिक न्याय र परिवर्तनका लागि सामाजिक संघ संस्थाहरुको स्थापना हुने गर्दछ ।

संस्था गठन गर्न जति सजिलो छ, संस्थाको दिगो विकास, उचित व्यवस्थापन र प्रभावकारी संचालन गर्न त्यति नै कठिन छ । सामाजिक संस्थाहरु स्थापना हुनु, केही समय संचालन हुनु, पछि विस्तरै निश्क्रिय हुने क्रम धेरै देखिन्छ । एउटै संस्थाले जिवन्त रही रहेको अवस्था भने निकै कम मात्रामा भेन्टिन्छ । स्थापनाकालमा सुनौलो आशाका किरणहरु लिएर झुल्किएका संस्थाहरु समयको गतिशिलतासँगै अस्ताएर गएका छन् ।

नेपालमा सामाजिक संघसंस्थाहरुको इतिहासका पन्नाहरु पल्टाएर हेर्ने हो भने सामाजसेवा, कला, संस्कृतिहरुको संरक्षण, पर्यटकीय क्षेत्रको प्रर्वद्धन, सामाजिक न्याय, विकास र समृद्धिका लागि धेरै संस्थाहरु स्थापना भए तर निरन्तरता पाउन सकेनन् ।

सुरुवाती अवस्थामा सबै सामाजिक संस्थाहरुका कार्य प्रगति प्रशंसनीय रहेका छन् । तिनीहरुको कार्यशैलीले समाजलाई समेत आकर्षित गरेको पाईन्छ । चलायमान समयको गतिसँगै ती संस्थाहरुको यात्रा भने क्रमश ओरालो लाग्दै गएको हामी सहजै अनुमान गर्न सक्छौं । कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिहरुको निर्माण गर्न नसक्दा समाजिक संस्थाहरुले फड्को मार्न सकेनन् । संस्थाको उद्देश्य प्राप्तिका गरिने कार्य अनुकुल नीति, नियम र कार्यविधि नहुँदा पनि कतिपय संस्थाहरु समस्यामा परेका छन् ।

हरेक संस्था दर्ता गर्नका लागि संस्थाको छुट्टै विधानको आवश्यकता पर्दछ । संस्था दर्ता गर्दाको बखतमा धेरैले नमुना विधान अर्थात समानान्तर त्यस्तै प्रकृतिका संस्थाहरुको विधानमा नाम, ठेगाना, उद्देश्यहरु, कार्यहरु लगायत केही दफाहरुमा हल्काफुल्का परिवर्तन गरेर संस्था दर्ता गर्ने प्रचलन रहेको पाईन्छ ।

यसरी कपिपेष्ट गरिएको विधान नै सामाजिक संस्था संचालनका लागि बाधक सावित भएका छन् । कतिपय सामाजिक संस्थाहरुमा कुनै खास कार्यक्रम तथा परियोजना संचालनका लागि कार्यविधि नै नभएको अवस्था छ । जसले गर्दा परियोजना तथा कार्यक्रम संचालन गर्न कठिनाई भईरहेको देखिन्छ ।

ढुंखर्कमा धेरै संस्थाहरु स्थापना भए । केही दलिय राजनीतिका कारण निश्क्रिय भए, केही कुशल नेतृत्व पाउन नसकेर निश्क्रिय भए त केही समय अनुकुल संचालन हुन नसकेर निश्क्रिय भए ।

संस्था आफै सक्रिय र निश्क्रिय हुने हैन । संस्थाको क्रियाशिलता नेतृत्वको भूमिका अनुरुप हुने गर्दछ । नेतृत्व संस्था प्रतिको जिम्मेवारी र जवाफदेहिता हुनु पर्दछ । संस्थाको नेतृत्व गर्ने व्यक्तिले संस्थाको उद्देश्य, काम कर्तव्यलाई इमान्दाीका साथ पूरा गर्ने प्रतिवद्धताका साथ लाग्ने हो भने निरन्तरता दिन गाह्रो नहोला । नेतृत्वमा आर्थिक पारदर्शिकता, सुशासन, जिम्मेवारी, दुरदर्शी दृष्ठिकोण हुने हो भने संचालनका क्रममा आउने विभिन्न आरोह अवरोहहरुलाई पार लगाउन सकिन्छ । सामाजिक संस्थामा व्यक्तिले पदलाई हैन, पदले व्यक्तिलाई छानोस ।

व्यक्तिगत स्वार्थ नभई सामाजिक त्यागको भावना हुने व्यक्तिलाई नेतृत्व दिने हो भने व्यक्ति मर्न सक्छ तर संस्था कहिल्यै मर्दैन ।

म बाँचुन्जेल मैले जन्माएको बाँच्नु पर्छ । आफु संस्थाको जिम्मेवार पदमा नरहेता पनि अभिभावकत्व निर्वाह गरी त्यसको संरक्षण गर्ने दायित्व बोध नहुन्जेलसम्म मुनाफा रहित जनहितकारी सामाजिक संघ संस्थाहरुले निरन्तरता पाउन सक्दैनन् । दृढ संकल्प, निःश्वार्थ भावना, मन र मस्तिष्कमा संस्थाप्रतिको माया, केही त्याग, तपश्या, स्वयम्सेवी भावना यदी नेतृत्वमा थियो भने सबै सामाजिक संस्थाहरु जिवन्त रहने थिए ।

हामी सबैलाई अर्ति, उपदेश दिन आउँछ, तर आर्शिवाद लिन जान्दैनौ । आफुलाई बुद्धिजिवी भन्छौं, आफुलाई आफै आदर्श ठान्दछौं अनि समाजका अग्रजहरुको अनुभती, सुझावलाई स्वीकार गर्न आनाकानी गर्छौं । नेतृत्वमा आफ्नो जिम्मेवारी, काम र कर्तव्य पालना गर्नु भन्दा पनि अधिकार मात्र खेज्ने प्रवृति कारण आफ्नै बगैंचामा हुर्कदै गरेको सामाजिक संस्थाको कलिलो मुना आफ्नै हातबाट निमोठिएको समेत कतिपयलाई पत्तै छैन । मालीलाई नै कोपिलामै फुल झरेको पत्तो हुन्न अनि दोष चाँही भमरालाई थोपरेर हरियाली बगैंचा, प्राकृति सुन्दरता र फुलको सुवाष खोज्नुको अर्थ नहोला ।

(लेखक हातेमालो युवा समाज काभ्रेका सचिव हुन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.