इमर्जिङ्ग नेपालले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

  २०७७ चैत २७ गते १८:०९     विकासन्युज

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले सर्वसाधारणमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर जारी गर्ने प्रकृया अघि बढाएको हो ।

उक्त सेयर निष्काशनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

संस्थाले एक सय अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्रै संस्थाले सो मात्राको सेयर जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.