विना स्वीकृत औषधि उत्पादन गर्ने त्रिकुटा गुरुधाममा विभागको अनुगमन

  २०७७ चैत २७ गते १६:३१     विकासन्युज

काठमाडौं । राज्यको ऐन कानुनलाई बेवास्था गर्दै विना स्वीकृत औषधिको उत्पादन गरी वितरण गर्दै आएको ॐ श्री त्रिकुटा गुरुधाम नेपालविरुद्ध औषधि व्यवस्था विभागमा उजुरी परेको छ ।

प्यूठानका ज्ञानेन्द्रबहादुर गुरुङ अर्थात स्वघोषित परमगुरुदेव त्रिकुटेश्वरानन्दको समेत संलग्नतामा ‘ब्रह्मदृष्टि र परमकृपासहित परमगुरुदेव श्री त्रिकुटेश्वरानन्दज्यूबाट प्रतिपादित’ भन्दै सो गुरुधामले विना अप्रेशन सस्तो, सुलभ र कम खर्चमा क्यान्सर, मृगौलादेखि कब्जियत, कोरोना, गानोगोला, ग्यास्ट्रिक, पेटको अल्सर, पायल्स, फिस्टोला, मोटोपना, यूरिक एसिड, थाइराइड, आमासय, लिबर, अपेन्डिक्स, मुटुलगायतका विभिन्न रोगको अचुक उपचार हुने भन्दै अवैध औषधीको खुलेआम वितरण गर्दै आएका थिए ।

पशुपति क्षेत्र विकास कोषका उप निर्देशकसमेत रहेका रेवतिरमण अधिकारीले नाम बदलेर विशुद्धानन्द उपनामबाट संचालित सो संस्थाले विना स्वीकृत उत्पादन गरिएका अबैध औषधी ह्याण्ड स्यानिटाइजर, लोथन, कस्मिक एनर्जी आयुर्वेदिक मालिस तेल, कायामृत कवच, उदर अमृत (डाइजेष्टिभ ब्रेनको सर्वोत्तम औषधी), करुणा चियामत, बिटुआईबी (मोटोपना घटाउने) लगाएतका औषधीहरुको उत्पादन गरी खुलेआम वितरण गर्दै आएको छ ।

तर गुरुधामका अध्यक्ष रेवतीरमण अधिकारी ‘विशुद्धान्द’संग बुझदा औषधी व्यवस्था विभागमा उत्पादनका लागि स्वीकृति लिन आवेदन दिएको भएपनि स्वीकृति दिइनसकेको र हालसम्म वितरण गरिएका औषधीले सबैलाई ठिक गरेकोले औषधीको उत्पादन भने जारी रहेको बताए ।

उक्त गुरुकुल विरुद्ध अवैध रुपमा उत्पादन गरिँदै आएका औषधीहरुबाट हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै औषधि व्यवस्था विभागमा उजुरी परेको हो ।

उजुरी आएपछि छानविन भइरहेको विभागका प्रवक्ता सन्तोष के.सी.बताउँछन् । उनले विना अनुमती उत्पादन भएका औषधी बन्द हुने भन्दै पिडितले उजुरी गरेमा सञ्चालकलाई कारवाही हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.