प्रिमियर इन्स्योरेन्सकाे ११.०५ प्रतिशत लाभांश पारित

  २०७७ चैत २४ गते ९:३८     विकासन्युज

काठमाडाै । प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सकाे २९ औं वार्षिक साधराणसभाले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे ।

सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका थिए ।

कम्पनीले आ.व. २०७६/७७ मा कूल बीमा शूल्क १ अर्ब ६९ करोड ७ लाख ४५ हजार आर्जन गरी खूद मूनाफा ३६ करोड ९९ लाख ४४ हजार आर्जन गरेको छ ।

सभाले कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य र समुह ‘ख’ अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालक पदमा महेन्द्र बहादूर श्रेष्ठ नियूक्त गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.