बैंकिङ्ग कसूरका फरार प्रतिवादी ढकाल पेप्सीकाेलाबाट पक्राउ

  २०७७ चैत २३ गते १३:५२     विकासन्युज

काठमाडौं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी बरुण ढकाल पेप्सीकाेलाबाट लुकिछिपी रहेकाे अवस्थामा पक्राउ परेका छन् ।

उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही ढकाल फरार हुँदै आएका थिए ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.