नागरिक स्टक डिलरको रोजाईमा मेगा बैंक

  २०७७ चैत २२ गते १९:३९     विकासन्युज

काठमाडौं । नागरिक स्टक डिलरले आइतबार पौने ४ करोड रुपैयाँ बराबरको सेयर खरिद गरको छ । कम्पनीले एकैदिन विभिन्न कम्पनीको ३ करोड ७४ लाख ११ हजार ६१३ रुपैयाँ बराबरको सेयर खरिद गरेको हो ।

गत चैत १६ गते सोमबारदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको स्टक डिलरले सबैभन्दा बढी वाणिज्य बैंकको सेयर खरिद गरको छ । बजार प्रवेश गरेको शुरुवाती केही दिनमा सामान्य रकमको सेयर खरिद गरेको डिलरले पछिल्ला केही दिनमा भने सेयर खरिद रकम बढाएको छ ।

यो अवधिमा डिलरले गत साताको पछिल्लो कारोबार दिन अर्थात चैत १९ गते बिहीबार भने सेयर खरिद आक्रामक रुपमा बढाएको थियो । डिलरले उक्त एकदिनमा कूल ५ करोड ७२ लाख ५३ हजार ६५६ रुपैयाँ बराबरको सेयर खरिद गरेको थियो । संस्थाले सो दिन पनि अधिकांश वाणिज्य बैंकसहित विभिन्न कम्पनीको गरी एक लाख ५२ हजार ७६४ कित्ता सेयर किनेको थियो । त्यसअघि डिलरले सो रकम बराबरको सेयर खरिद गरेको थियो ।

त्यस्तै, गत बिहीबारको तुलनामा आज(चैत २२ गते) आइतबार भने डिलरको सेयर खरिद रकम घटेको छ । बिहीबार पौने ६ करोडको सेयर खरिद गरको डिलरले आज भने जम्मा पौने ४ करोड रुपैयाँ बराबरको सेयर किनेको नेप्सेको फ्लोरसिटमा देखिन्छ ।

आइतबार कम्पनीले विभिन्न १७ कम्पनीको कूल एक लाख ५ हजार ८६४ कित्ता सेयर खरिद गरेको छ । जसमध्ये अधिकांश वाणिज्य बैंकको रहेको छ । डिलरले १४ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र एक लघुवित्तको गरी दोश्रो बजारबाट एकैदिन १ लाख बढी कित्ता सेयर किनेको हो ।

१४ वाणिज्य बैंकमा सबैभन्दा बढी मेगा बैंककाे सेयर खरिद(आइतबार कसको कति ?)

आइतबार डिलरकाे राेजाइमा मेगा बैंक नेपाल परेकाे छ । उसले एकैदिन बैंककाे ७७ लाख रुपैयाँ बराबरकाे सेयर खरिद गरेकाे छ । जुन अन्य कम्पनीकाे तुलनामा बढी हाे ।

कूल ७७ लाख ४८ हजार ५६५ रुपैयाँ बराबरको लगानी गरेकाे डिलरले बैंकको २५ सय कित्ता सेयर प्रतिकित्ता ३०९ देखि ३१२ रुपैयाँमा किनेको हो ।

डिलरले आइतबार मात्रै सिद्धार्थ बैंकमा ५५ लाख ८९ हजार ८६० रुपैयाँ लगानी गरेको छ । डिलरले बैंकको १३ हजार कित्ता सेयर प्रतिकित्ता ४२९ रुपैयाँदेखि अधिकतम ४३० रुपैयाँमा किनेको हो ।

नेपाल एसबिआई बैंकको ८ हजार कित्ता सेयर ३३ लाख ५९ हजार ८९४ रुपैयाँमा खरिद गरेको छ । डिलरले न्युनतम ४१९ रुपैयाँदेखि अधिकतम ४२० रुपैयाँमा बैंककोे सो परिणामको सेयर किनेको हो ।

सिभिल बैंकको ३२ लाख ८६ हजार रुपैयाँ बराबरको १४ हजार कित्ता सेयर किनेको छ । डिलरले प्रतिकित्ता २३४ रुपैयाँदेखि २३५ रुपैयाँमा कम्पनीको उक्त सेयर खरिद गरेको हो ।

डिलरले आइतबार मात्रै हिमालयन बैंकको २४ लाख ७४ हजार ४२४ रुपैयाँ बराबरको सेयर खरिद गरेको छ । डिलरले प्रतिकित्ता ५०६ रुपैयाँदेखि ५०८ रुपैयाँको रेञ्जमा बैंकको ४ हजार ८८२ कित्ता सेयर किनेको हो ।

डिलरले प्रभु बैंकको सेयरमा पनि २३ लाख ४ हजार ५६७ रुपैयाँ लगानी गरेको छ । जसले प्रतिकित्ता ४६० र ४६१ रुपैयाँमा बैंकको ५ हजार कित्ता सेयर उठाएको हो ।

सानिमा बैंकको पनि ५ हजार ४९६ कित्ता सेयर डिलरले किनेको छ । डिलरले आइतबार मात्रै प्रतिकित्ता ३७६ रुपैयाँदेखि ३७७ रुपैयाँमा संस्थाको सो परिणामको सेयर किनेको हो । यससँगै कम्पनीको सेयरमा डिलरले एकैदिन २० लाख ७१ हजार ७२६ रुपैयाँ बराबरको लगानी गरेको छ ।

आइतबार मात्रै डिलरले लक्ष्मी बैंककाे सेयरमा १२ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । डिलरले प्रतिकित्ता ३०० रुपैयाँमा बैंकको ४ हजार कित्ता सेयर किनेकाे हाे।

त्यस्तै, बैंक अफ काठमाण्डूको ५ हजार १६० कित्ता सेयर १६ लाख २५ हजार ४०० रुपैयाँमा किनेको छ । डिलरले प्रतिकित्ता ३१५ रुपैयाँमा बैंकको सो मात्राको सेयर उठाएको हो ।

एभरेष्ट बैंकको १२२६ कित्ता सेयरमा ९ लाख १२ हजार रुपैयाँ लगानी गरेको छ । उक्त सेयर डिलरले प्रतिकित्ता ७४३ रुपैयाँदेखि ७४४ रुपैयाँसम्ममा किनेको हो ।

डिलरले आइतबार मात्रै माछापुच्छ्रे बैंकको २५०० कित्ता सेयर ७ लाख ८६ हजार ६०५ रुपैयाँमा खरिद गरेको छ । डिलरले न्युनतम ३१३ रुपैयाँ र अधिकतम ३१५ रुपैयाँमा बैंकको सो मात्राको सेयर खरिद गरेको हो ।

त्यसैगरी, सिटिजन्स बैंकको सेयरमा ७ लाख ८४ हजार ७११ रुपैयाँ बराबरको लगानी गरेको छ । डिलरले प्रतिकित्ता ३१२ रुपैयाँदेखि प्रतिकित्ता ३१४ रुपैयाँमा बैंकको २५०० कित्ता सेयर खरिद गरेको हो ।

सेञ्चुरी कमर्शियल बैंकको २६०० कित्ता सेयर ६ लाख ५७ हजार ८ सय रुपैयाँका किनेको छ । डिलरले प्रतिकित्ता २५३ रुपैयाँमा बैंकको सो मात्राको सेयर खरिद गरेको हो ।

त्यसैगरी, सनराइज बैंकको २ हजार कित्ता सेयर प्रतिकित्ता ३१७ रुपैयाँमा किनेको छ । यससँगै आइतबार मात्रै डिलरले बैंकको सेयरमा ६ लाख ३४ हजार रुपैयाँ लगानी गरेको छ ।

दुई विकास बैंककाे २१ लाख ५७ हजार कित्ता खरिद

ज्योति विकास बैंकको ८ हजार कित्ता सेयर किनबेच भएको छ । डिलरले एकैदिन ज्योति विकास बैंकको १८ लाख ८७ हजार २७९ रुपैयाँ बराबरको सेयर खरिद गरेकाे छ । बैंकको न्युनतम २३६ रुपैयाँ र अधिकतम २३६ रुपैयाँमा ८ हजार कित्ता सेयर किनबेच गरेको हो ।

शाइन रेसुङ्गा डेलभपमेन्ट बैंकको एक हजार कित्ता सेयर प्रतिकित्ता २७० रुपैयाँमा किनेको छ । डिलरले बैंकको २ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिद गरेको हो ।

एक लघुवित्तकाे १५०० कित्ता

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १८ लाख १८ हजार ७६४ रुपैयाँको सेयर किनेको छ । डिलरले न्युनतम १२०८ रुपैयाँदेखि अधिकतम १२१४ रुपैयाँको रेञ्जमा संस्थाको १५०० कित्ता सेयर खरिद गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.