नबिल बैंकले स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीलाई आवश्यकता अनुसार कर्जा दिने

  २०७७ चैत २२ गते १७:५७     विकासन्युज

काठमाडौं । नबिल बैंकले स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीलाई आवश्यकता अनुसार कर्जा दिने भएको छ । सो सम्बन्धि नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता भएको हो ।

नबिल बैंक, एसएमई तथा लघुवित्तका प्रमुख निरजकुमार बस्नेत (डनिल) र र एनएसटीपिउएसका अध्यक्ष किशोर नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

साझेदारीको बारेमा बोल्दै निरज कुमार बस्नेत (डनिल)ले भने, “राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास राख्दछ । यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्षयका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत विभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनएसटीपिउएससंगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायिहरुको ‘मेक इन नेपाल’ उत्पादनलाई प्रोत्साहन गरि सहयोग पुर्याउन उत्साहित छ ।”

त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष किशोर नेपालले भने- “‘नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा सम्बृद्धीको बाटो हुनेमा हामी विश्वस्त छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.