डिशहोमको ‘खुशीको उडान’ योजना: दुई भाग्यशाली जोडीहरुलाई बैंकक घुम्न जाने मौका

  २०७७ चैत १९ गते १२:४३     विकासन्युज

काठमाडौं । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै खुशीको उडान योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको कम्पनीले जानकारी दिएकाे छ ।

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् ।

लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्नेछ । साथै इ–वालेट एप र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् ।

कम्पनीकाे अनुसार लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको क्यास आइडीको आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६ काे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.