बिहिबार ९०० ले उकालाे लाग्याे सुनकाे मूल्य

  २०७७ चैत १९ गते १०:५१     विकासन्युज

काठमाडाैं । लगतार घटिरहेकाे सुनकाे मूल्य बिहिबार भने बढेकाे छ । बिहिबार सुन तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

बुधबार छापवाला सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार ५० रुपैयाँ मा कारोबार हुनेछ । बधबार तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज १५ रुपैयाँले बढेकाे छ । चाँदी तोलामा एक हजार २१० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.