महिला सहयात्रा लघुवित्तको बोनस सेयर पारित, सञ्चालकमा २ जना निर्वाचित

  २०७७ चैत १८ गते १८:०१     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित बोनस सेयर पारित गरेको छ । आज अर्थात चैत १८ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

यससँगै संस्थाका लगानीकर्ताले आर्थिक वर्ष २०७६/०७७ को नाफा र संचित मुनाफाबाट सो मात्राको बोनस पाउने भएका छन् ।

राष्ट्रिय स्तरको कार्य क्षेत्र रहेको संस्थाको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र सोहि अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व. २०७७/०७८ का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले रिक्त रहेको सञ्चालक पदमा २ जनालाई निर्वाचित गरेको छ । यससँगै सर्वसाधारण सेयरधनीका तर्फको संचालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखा मार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

उक्त सभा अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपुरको सभाहलमा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.