कुमारी बैंकले उपाय सिटी कार्गोका ड्राइभर पार्टनरलाई सहुलियतमा कर्जा दिने, डिजिटल भुक्तानीकाे पनि सुरुवात

  २०७७ चैत १८ गते १३:१३     विकासन्युज

काठमाडौं । कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झाैता भएकाे छ । बैंक र कार्गाेबीच विभिन्न शिर्षकमा सहकार्य गर्ने सम्झाैता भएकाे हाे ।

बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा, उपाय सिटि कार्गोका अध्यक्ष सुमन रायमाझी र एफवान स्फट इन्टरनेसनलका बिश्वास ढकाल र युके एड अन्तर्गतको “सीप” का नेपाल प्रमुख बल्जित बोहराकाे उपस्थितीबीच यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्युआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र इएमआइ अप्सन लगायतका थप सेवासुविधाहरु प्रदान गर्नेछ ।

कुमारी ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.