बुधबार पुन: घट्याे सुनकाे मूल्य, प्रतिताेला ८५ हजार ६ सयमा काराेबार

  २०७७ चैत १८ गते ११:२६     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० ले ओरालो लागेको छ । बुधबार सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

मंगलबार छापवाला सुन तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८५ हजार १५० रुपैयाँ मा कारोबार हुनेछ । मंगलबार तेजाबी सुन तोलामा ८४ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज २० रुपैयाँले घटेकाे छ । चाँदी तोलामा एक हजार ११५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.