हिमालयन बैंकद्वारा अन्तराष्ट्रिय भुक्तानी सेवा सुरु

  २०७७ चैत १७ गते १२:०५     विकासन्युज

काठमाडाैं।  हिमालयन बैंकले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबिएल डलर प्रीपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ । यस सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्

यस कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।

बैंककाे अनुसार इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्नुपर्नेछ  ।

बैंकले हाल ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ ब्त्ः र ४२०० भन्दा बढी एइक् त्भचmष्लबकि मार्पmत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.