सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी विदेशमा भुक्तानी गर्न पाइने

  २०७७ चैत १२ गते १२:४८     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंक बिहिबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको छ ।

यस सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नेछन् ।

बैंककाे अनुसार कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ र प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.