नेप्सेलाई जवाफ दिँदै निफ्राले भन्यो- बण्ड छिट्टै जारी गर्छौं, लगानीकर्तालाई ८ प्रतिशत लाभांश प्रक्षेपण हो

  २०७७ चैत ८ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकर बैंक (निफ्रा)ले बण्ड जारी विषय सहि भएकाे र यसकाे थप प्रकृया बढिरहेकाे भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई जवाफ दिएको छ । ३० मिलियन डलरको बण्ड जारी गर्ने विषयमा नेप्सेले स्पष्टिकरण सोधेसँगै बैंकले चैत ८ गते साे जवाफ दिएको हो ।

३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेकाे भन्दै बैंकले साे सम्बन्धमा सम्बन्धित नियमनकारी निकायबाट पनि सहमति तथा स्वीकृति लिइसकेको बताएको । साथै, यसलाई अन्तिम रुप दिनको लागि चाहिने थप सहमति तथा स्वीकृतिहरु छिटो भन्दा छिटो तोकिएको व्याजदरमा बण्ड जारी गर्ने निफ्राले जानकारी गराएको छ ।

निफ्रालाई नेप्सेको प्रश्नः लन्डन स्टक एक्स्चेञ्जमा सूचीकृत हुने विषय के हो ?

साथै, लगानीकर्तालाई लाभांशको दिने विषय के हाे भन्ने नेप्सेको प्रश्नमा बैंकले लगानीकर्तालाई ८ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीको प्रक्षेपण रहेको पनि बताएको छ । जुन बैंकले आईपीओ जारी गर्ने क्रममा प्रकाशित गरेको विवरणपत्रमा आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख गरेकाे थियाे ।

साथै, बैंकले दीर्घकालिन पूर्वाधार परियोजनामा लगानी गर्न मुलतः ऋणपत्र जारी गरी श्रोत संकलन गर्ने मूख्य उद्देश्य लिएको छ । सोही अनुसार जारी गर्ने ऋणपत्रको प्रकृति तथा लगानीकर्ताका किसिम भिन्न भिन्न हुन सक्ने हुँदा बैंकले अन्य बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका संस्थागत लगानीकर्तालाई उपयुक्त हुने ऋणपत्र जारी गर्ने, संस्थागत लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रारम्भिक अध्ययन अघि बढाएको जानकारी गराएको छ ।

यस्ताे छ बैंककाे जवाफ

One comment on "नेप्सेलाई जवाफ दिँदै निफ्राले भन्यो- बण्ड छिट्टै जारी गर्छौं, लगानीकर्तालाई ८ प्रतिशत लाभांश प्रक्षेपण हो"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.