अब सर्वसाधारणले मोबाइलमा भएको ब्यालेन्सबाटै सामान किन्न सक्ने, टेलिकमले पायो डिजिटल भुक्तानीको अनुमति

  २०७७ चैत ५ गते १४:२०     विकासन्युज

काठमाडौं ।  अब सर्वसाधारणले आफ्नो मोबाइलमा भएकाे ब्यालेन्सबाट पनि सामान खरिद गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई डिजिटल भुक्तानी सेवा प्रदायकको रुपमा अनुमति दिएसँगै नगरिकले टेलिकमबाट यस्तो सुविधा पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायकको रुपमा स्वीकृती दिएसँगै टेलिकमले पनि डिजिटल भुक्तानी सेवा प्रदायककाे रुपमा काम गर्न पाउने भएकाे हाे । टेलिकमले सेवा सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार पारेर गत पुसको अन्तिम साता राष्ट्र बैंकमा निवेदन पेश गरेको थियो ।

टेलिकमले तयार पारेको पूर्वाधारको अनुगमन गरि सेवा सञ्चालनको अनुमति दिईएको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले जानकारी दिए । उनका अनुसार टेलिकमले वितरण गरेको मोबाइल नम्बरलाई लिंक गरिएको छ, उक्त नम्बरका आधारमा टेलिकमले मोवाइल सेवाबाट हुने सम्पूर्ण कारोबारलाई समेटर फाइनान्सिङ कारोबार गर्नेछ ।

अब टेलिकमले सेवाग्राहीलाई उपलब्ध गराएको मोबाइल नम्बरमा रहेको ब्यालेन्सबाट सामान र सेवा खरिद गर्ने सेवा उपलब्ध गराउने छ ।

डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीका अनुसार टेलिकमका ग्राहकले मोबाइल मनी सेवा सञ्चालनका लागि रिचार्ज कार्डबाट समेत रकम लोड गर्न सकिनेछ । ‘मोबाइलमा रिजार्ड गर्दा मोबाइल मनी सेवामा गर्ने की सिमकार्डमा गर्ने भनेर दुई विकल्प राखिएको छ, ग्राहकले आफ्नो आवश्यकता अनुसार रिचार्ज गर्नसक्नुहुनेछ’, उनले भने ।

गत वर्ष नै नेपाल राष्ट्रि बैंक र नेपाल टेलिकमबिच डिजिटल पेमेन्ट सञ्चालनका लागि सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स स्थगन गर्ने व्यवस्था गरेको थियो ।

उक्त व्यवस्था अनुसार बैंकले सैद्धातिक सहमति प्रदान गरिएका (आशयपत्र प्राप्त गरिसकेका) संस्थाहरु बाहेक नयाँ अनुपतिपत्र प्राप्त गर्ने कार्य स्थगन गरेको छ । हाल बजारमा आईएमई पे, इसेवा, सेलपे, खल्ती, प्रभु पे लगायत १४ डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीले सञ्चालन अनुमति पाएका छन् ।

सम्बन्धित सामग्री

अब मोबाइलको सिमकार्डबाटै पसलदेखि बिजुलीको पैसा तिर्न सकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.