मैले नियम मिचेर कलेजलाई सम्बन्धन दिलाउन खोजेको छैन: दुर्गा प्रसाईं

  २०७७ चैत ३ गते १५:३४     विकासन्युज

काठमाडाैं । बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफुले कुनै पनि नियम मिचेर कलेजलाई सम्बन्धन दिलाउन नखाेजेकाे बताएका छन् ।

प्रसाईंले बुधबार पत्रकारसँगकाे छलफलमा आफुले कुनै पनि प्रकारकाे नियम मिचेर कलेजलाई सम्बन्धन दिलाउन नखाेजेकाे बताएका हुन् ।

चिकित्सा शिक्षालाई अझ व्यवस्थित बनाउन कार्यान्वयनमा आएको ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ मा रहेकाे बुँदाकै आधारमा बिएण्डसी मेडिकल कलेजले सम्बन्ध पाउनु पर्ने उनकाे दाबी छ ।

उनले नेपालमा काम गर्नेलाई सबैभन्दा बढी खेदिने गरेकाे बताए । ‘गाेविन्द केसीभन्दा १० कदम अगाडी बढेर झापामा मेडिकल खाेले तर सम्बन्धन पाउने बेलामा सबैले माफियाले सम्बन्धन पाउनु हुँदैन भनेर भने । जाे मान्छेले काम गर्छ त्यसलाई माफिया भनिन्छ तर जसले काम गर्दैन र अरुकाे खुट्टा मात्र तान्छ त्यसलाई के भनिन्छ ?’, उनले प्रश्न गरे ।

मेडिकल कलेजले १५ सयलाई राेजगार दिनुकाे साथै सरकारलाई वार्षिक ५०-६० कराेड कर तिर्ने गरेकाे उनी बताउँछन् । यति मात्र नभएर प्रत्येक मेडिकल कलेजले १० जना विद्यार्थीलाई निशुल्क पढाएकाे विषयमा ध्यान नदिई शुल्क मात्र महँगाे भन्नु बेकार रहेकाे उनले बताए ।

‘एउटा विद्यालयले नै अहिले अवस्थामा ६० हजार मासिक शुल्क लिने गरेकाे छ । हामी त एमबिबिएस पढाउँछाैं । याे पढ्न मासिक ६० हजार लाग्नु कसरी महंगाे हुन्छ’, उनी भन्छन् ।

स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले ३०० श्ययाको बिएण्डसी अस्पताल सञ्चालनार्थ कलेजलाई विसं २०७३ साउन ९ गते स्वीकृति दिएको थियो ।

नेपाल मेडिकल काउन्सिलले विसं २०७३ मङ्सीर १४ र १५ गते एमबिबिएस कार्यक्रम सञ्चालन गर्न मापदण्ड तथा पूर्वाधार भए/नभएको ‘इन्पेक्सन’ गरेको थियो । ‘कलेजमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक अवस्था सकारात्मक’ भएको जानकारी काउन्सिलका तत्कालीन रजिष्ट्रार डा दिलीप शर्माद्वारा विसं २०७३ मङ्सीर १७ गते हस्ताक्षरित पत्रमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.