खल्तीबाट २० रूपैयाँको रिचार्ज गर्दा ‘आइफोन १२’ जित्न सकिने

  २०७७ चैत २ गते १९:१८     विकासन्युज

काठमाडाैं । ‘खल्ती’ डिजिटल वालेटले भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान सञ्चालन गरिरहेको छ । खल्तीले अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउन “खल्तीमा आइफोन १२” अभियान ल्याएकाे हाे

जस अन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन् । याे अभियानमा एक भाग्यशाली बिजेता लक्की ड्र मार्फत छानिनेछन् र उनले आइफोन १२ जित्नेछन् । सहभागीले खल्ती भाइबर कम्युनिटीमा जोइन गरी खल्ती स्टिकर डाउनलोड गर्न पर्नेछ । र, खल्ती एप भित्र गई “खल्तीमा आइफोन १२” सेक्सनबाट २० रूपैयाँको रिचार्ज गर्नु पर्नेछ ।

यति मात्र हैन, खल्तीले आफ्नो भाइबर कम्युनिटीमा अझै थुप्रै रमाइलो हुने खेल जस्तै क्विज र गिबअवेहरु पनि गरिरहेको हुन्छ जस अन्तर्गत जो कोहिले थुप्रै कुपन तथा उपहारहरु पनि जित्न सक्छन् । यो अफर २८ मार्च अर्थात चैत १५ गतेसम्म लागू हुनेछ ।

खल्ती डिजिटल वालेट नेपालको पेमेन्ट गेटवे हो । जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.