चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा, विभिन्न व्यवसायलाई क्यूआर कोड हस्तान्तरण

  २०७७ चैत २ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।

सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थित थिए ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायलाई वित्तीय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्दै एनसीसी बैंकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैंकले सेवा गर्ने जानकारी दिए ।

साथै, उनले बैंकिङ व्यवसाय व्यापारमूखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैंकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गरे । बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंकबिचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजि व्यवसायीहरु रहेको र उनीहरु सबैसंग सहकार्य गर्न सकिने धारणा राखे । साथै, उनले एनसीसी बैंकका कर्मचारीसंग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साटेका छन् ।

बैंकको ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटीएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.