डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालनमा

  २०७७ चैत २ गते १७:४१     विकासन्युज

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालन गरेको छ ।

कार्यक्रम कमेडी क्याफे २०७७ फागुन २२ गतेदेखि डिशहोमको रियालिटी टीभी च्यानेल नं. १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भइरहेको छ ।

विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसंगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य व्यक्तिलाई प्रयाङ्क कल गरि प्रस्तोताले रमाइलो कुराकानी गर्ने छन् ।

हाँस्य टेलिश्रीङ्खलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनि फोन उठाउने व्यक्तिलाई प्रयाङ्क गर्छन् । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले मनोरञ्जन लिने कम्पनीले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.