पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना चयन

  २०७७ चैत १ गते १२:४४     विकासन्युज

काठमाडौं । पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना निर्विरोध चयन भएको छ । फागुन २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिमा ६ जनालाई निर्विरोध निर्वाचित गरेको हो ।

यससँगै नयाँ समितिमा समूह ‘क’ बाट ५ जना र समूह ‘ख’ बाट एक जना गरि ६ जना सञ्चालक चयन भएका हुन् ।

कम्पनीको चौथो र पाँचौं वार्षिक साधारणसभा गत फागुन २४ गते सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.