२२ वटा बसमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सुबिधा, भाडा तिर्न पैसा बोक्नै नपर्ने

  २०७७ फागुन २८ गते १६:४४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले डिजिटल कारोबार विस्तारित गर्न विभिन्न बस सेवामा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा शुरु गरेको हो ।

फागुन २८ गते भएको उक्त कार्यक्रममा बैंक अफ काठमाण्डूको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधिलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

यस सेवाको शुभारम्भसंगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै बिराटनगर र धरानसम्म यात्रा गर्ने ग्राहकले बसमा राखिएको बैंक अफ काठमाण्डूले हस्तान्तरण गरेको क्यूआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् ।

साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बस सेवा प्रयोग गर्ने सबै ग्राहकले क्युआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नेछन् ।

साथै, यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

बैंकले हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । यससंगै बैंक अफ काठमाण्डूले आफ्ना शाखा कार्यालयलाई परिचालन गरी देशका विभिन्न व्यापारिक तथा अन्य स्थानहरुमा क्यूआर कोड राखी डिजिटल कारोबारको लागी ग्राहकलाई उत्प्रेरित गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.